सहकारी दिवसको अवसर पारेर रङ्गेलीमा मोटरसाइकल -र्याली

रङ्गेली । “सहकारीमा सुशासनः प्रविधि र एकिकरण” सहकारीप्रतिको नकारात्मक भ्रम मेटौं भन्ने मूल नाराका साथ ६७ ओै  राष्ट्रिय सहकारी दिवसको अवसरमा मोटरसाइकल र्याली सम्पन्न भएको छ।

रङ्गेली नगरपालिका , धनपालथान गाउँपालिका र सुनबर्सी नगरपालिका भित्र रहेका सहकारीहरूकाे  सदस्य तथा संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा रङ्गेली ३ बेतौना देखि बाट सुरु भएको -र्याली  रङ्गेलीकाे मुख्य बजार,  बसपार्क,  हुँदै झपरतलमा  पुगेर  कोणसभामा परिणत भएको थियो।   मोटरसाइकल  ऱ्याली  ई कमलेश्वर ठाकुर ठाकुरको संयोजकत्वमा भएको थियो  ।

  १५० जना सहकारीकर्मीहरुले  मोटरसाइकल  र्‍यालीमा  सहभागीता जनाएका थिए ।  सहकारी दिवसको पूर्वसन्ध्यामा संघ, प्रदेश र स्थानीय तहमा सञ्चालित सम्पूर्ण संघ संस्थाहरुले यतिवेला विविध सामाजिक कृयाकलापहरु काे  आयोजना गरेर  कार्यक्रमहरुमा ऐक्यवद्धता समेत  जनाउदै आइरहेका छन्। 

प्रतिक्रिया

सम्बन्धित