सिरहामा १० मिनेट नबित्दै बाहिरियो एसइई परीक्षाको नेपाली विषयको प्रश्न पत्र

सिरहा । सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्द एसइई परीक्षाको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको छ । परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको हो । निजी विद्यालयहरूले फ्लाप बनाउन सक्रिय गरेका टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो ।

त्यहाँबाट तस्वीर खिचेर सामाजिक सञ्जाल ह्वाटसअपमार्फत छ्यासछ्यास्ती बनाइएको छ । परीक्षा हल वरिपरी फोटोकापी मेशिनसहित चिट बनाउने टोलीहरु सक्रिय रूपमा बसेका छन् । सिरहा जिल्लाभरी नै नेपाली विषयको प्रश्नपत्र समाजिक सञ्जालमार्फत निजी विद्यालयहरुको हात हातमा पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित