लहरीमा पिकअप ठोकिदा धनकुटामा ट्रक चालकको मृत्यु

धनकुटा /धनकुटामा रोकी राखेको लहरीमा पिकअप ठोकिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकका चालक सिराहा गोल बजार घर भई धनकुटा नगरपालिका ९ बस्ने ३० बर्षिय निरज ठकुरी रहेका छन्। ठकुरी लहरीमा ग्यास लोड गदैगर्दा पिकपले ठक्कर दिदा लहरी माथिवाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिधुवावाट सब्जी लोड गरेर धरान तर्फ जादै गरेको बा.प.०१–०२६ च ८९९२ नम्बरको पिकअप गाडी धनकुटा नगरपालिका ६ स्थित कोल्डस्टोरमा रोकिराखेको बा.प.०१–००६ ख ४६५२ नम्बरको लहरीमा ब्रेक फेल भई ठोकिएको थियो। पिकअपले एक मोटरसाइकल र स्कुटरलाई समेत क्षती पुर्याएको छ। पिकअप चालक चेत बहादुर बिसुङ्खेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख श्याम सिंह चौधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित