त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।  विहिबार त्रिभुवन विश्वविद्यालयले पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले समितिलाई ३० दिन भित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । 

परीक्षा नियन्त्रण कार्यालयले २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (कोड नं. ४२२) र शिक्षा शास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय (कोड नं. ४१२) का उत्तरपुस्तिकाहरू हराएको थियो ।  यस सन्दर्भमा विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचार  र जनमानसमा उत्पन्न चासो तथा चिन्ताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै समिति गठन गरिएको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यही चैत २१ गते उत्तरपुस्तिका हराएका विषयका परीक्षाहरू सञ्चालन हुने गरी सूचना समेत प्रकाशित भइसकेको विश्वविद्यालयले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित

भाैतिक पूर्वाधार संगै गुणस्तरीय शिक्षामा अब्बल इटहरीस्थित पाथीभरा स्कुल

भाैतिक पूर्वाधार संगै गुणस्तरीय शिक्षामा अब्बल इटहरीस्थित पाथीभरा स्कुल

संस्कारसहितको शिक्षामा अब्बल इटहरी स्थित अक्सब्रिज मन्टेस्वरी: नयाँ व्यवस्थापन सहित संचालनमा

संस्कारसहितको शिक्षामा अब्बल इटहरी स्थित अक्सब्रिज मन्टेस्वरी: नयाँ व्यवस्थापन सहि…

शिक्षा मन्त्री सुमनाले चालिन कडा कदम : राजनीतिमा लागेका शिक्षकलाई बर्खास्तको तयारी , आयोगसँग मागिन शिक्षकको विवरण

शिक्षा मन्त्री सुमनाले चालिन कडा कदम : राजनीतिमा लागेका शिक्षकलाई बर्खास्तको त…

बिराटनगरमा संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने

बिराटनगरमा संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने

गुणस्तरीय शिक्षा संगै अभिभावककाे मन जित्दै वेविलाेन स्कुल

गुणस्तरीय शिक्षा संगै अभिभावककाे मन जित्दै वेविलाेन स्कुल

देशभर आजबाट भर्ना अभियान : नियमित बाहेक सात लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

देशभर आजबाट भर्ना अभियान : नियमित बाहेक सात लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

बिराटनगर महानगरद्वारा कक्षा ८ को परीक्षाफल सार्वजनिक : चार हजार ८ सय २४ विद्यार्थी मध्ये १ हजार २ सय ६४ मात्रै उतिर्ण

बिराटनगर महानगरद्वारा कक्षा ८ को परीक्षाफल सार्वजनिक : चार हजार ८ सय २४ विद्य…

वैशाख २ गतेदेखि देशभर भर्ना अभियान : सबै जिल्लामा पुर्‍याइयो पाठ्यपुस्तक

वैशाख २ गतेदेखि देशभर भर्ना अभियान : सबै जिल्लामा पुर्‍याइयो पाठ्यपुस्तक