महिला स्वास्थ्यकर्मीले नेतृत्व गरेको दुर्गमको स्वास्थ्य संस्था कैना अब्बल बन्दै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/rghj6wewee.jpg_UMm6T6fevD_nz6eou9ung9grz0o4ppehlvkow8hiacyglxvmgsvojw21lh3tycffn2yglml_KVfP1BvT1t_n80chwfpqmmbiun9tjfriz3nws3pybwnqdcrv3ydltd9cxk1bkntffcj8yev.jpg)
सुर्खेत / पाँच वर्ष अघि सडक ,खानेपानी र विद्युतको समस्यले हैरानी खेप्दै आएको जाजरकोटको नलगाड नगरपालिका–३ स्थित कैना स्वास्थ्य चौकी अहिले सुधारिर लोभ लाग्दो भएको छ । स्वास्थ्य चौकीको नेतृत्व हेमा पुनले गरेकी छिन । उनी इन्चार्ज भएर उक्त स्वास्थ्य संस्था सञ्चालन गरेको लामो समय नभएपनि छोटो समयमा स्वास्थ्य संस्थाको मुहारमा उल्लेख्य परिवर्तन आएको छ ।
कात्तिक १७ गते गएको भूकम्पमा परि स्वास्थ्य संस्थामा क्षती भएपनि टेन्टमा सञ्चालनमा रहेको उक्त स्वास्थ्य संस्थामा अहिले टेन्टबाटै अल्टा«साउण्ड सेवा , ल्याप सेवा र प्रसूती गृह समेत सञ्चालन हुँदै आएको छ । गर्भवतीको नियमित जाँच देखि अन्य उपचारहरु कैनामै हुँदै आएको छ । भूकम्पबाट थिलो थिलो भएको संरचनाको बीचबाट स्वास्थ्य चौकी बिभिन्न निकायको सहयोगबाट आफ्नौ सेवालाई गतीशिलता प्रदान गर्दै आएको छ । इमान्दार भएर काममा लाग्ने हो भने हरेक संस्थाको मुहार भारी मात्रामा सुधार हुने रहेछ भन्ने प्रमाण यही स्वास्थ्य संस्थाबाट लिन सकिन्छ नलगाड नगरपालिका–३ कैनाका प्रचण्ड ओलीले बताए । नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीबाट पैतल चार घण्टाको दुरीमा रहेको कैना बाक्लो जनसंख्य बसोबास रहेको क्षेत्र हो । छेउँमा सुर्योदय माध्यमिक विद्यालय सञ्चालनमा रहेको छ ।
दैनिक स्वास्थ्य संस्थाबाट विद्यालयमा समेत स्वास्थ्य सेवा प्रवाह हुने गरेको छ । स्वास्थ्य संस्थाको भवन निर्माण भोगेको समस्य र अहिले फेरी भूकम्पबाट स्वास्थ्य संस्थामा भएको क्षतीका कारण आफूहरु पीडामा भएपनि टेन्टको मदतबाट स्थानीयबासीलाई सन्तुष्ट हुने गरि सेवा दिने प्रयास गरिरहेको इन्चार्ज पुनले बताइन । पुन राती १० बजे सम्म स्वास्थ्य संस्थाका खटिनु परेको बताउनुभयो । गाउँ,गाउँबाट बिरामी भएर समस्य भएको खवर फोनमा आउन बित्तिकै आफूहरु बिरामीको घरमै पुगेर आवश्यक उपचार सेवा दिने गरेको उहाँको भनाई छ । दुर्गम गाउँमा स्थानीयबासीहरु सबै स्वास्थ्य संस्था आउन सक्ने सम्भावना नभएका कारण आफूहरुलाई घरमै बोलाएमा आफूहरु गएर सेवा दिने गरेको उनले जानकारी दिइन ।
बिरामीको घरमै गएर उपचार गर्दा आफूलाई सबै भन्दा खुसी मिल्ने गरेको बताउनुभयो । आफूहलाई स्वास्थ्यकर्मीको रुपमा नभई घरमै छोरीको रुपमा व्यवहार हुने गरेको उनको भनाई छ । गाउँ घरमा धामी ,झाँक्री देखि अनेक खालका कुराहरुको बैकल्पिक माध्यम प्रयोग गरि बिरामीका आफन्तहरु रोगसँग मुकाबिला गर्ने गरिरहेकाले गाउँमा अझैँ भारी मात्रामा सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने स्वास्थ्यकर्मीको भनाई छ । पुरुषहरु स्वास्थ्य संस्थामा सजिलै आउने गरेपनि महिलाहरु बिरामी भएपनि रोग लुकाएर बस्ने चलन भारी मात्रामा भएकाले महिला स्वास्थ्यकर्मीले नै नेतृत्व गरेको कैना स्वास्थ्य चौकीमा अहिले महिलाहरु खुलेर उपचारका लागि आउने गरेको पाइन्छ । महिला स्वास्थ्यकर्मीसँग सबै आन्तरिक कुराहरु खुलेरै कुरा सुनाउने र स्वास्थ्यकर्मीले दिएको निर्देशन समेत सजिलै रुपमा ग्राहन गर्ने गरेको पाइएको छ ।
जिल्लाकै उत्कृष्ट सेवा प्रदान गरेको भन्दै अघिल्लो वर्ष कैना स्वास्थ्य चौकीलाई पुरस्कार समेत दिइएको थियो । भूकम्पका कारण समस्यमा परेका कारण सहयोगीदाताले नयाँ भवन निर्माणका लागि पहल गरिदिन इन्चार्ज पुनले आग्रह गरिन । ५ वर्षे छोरीकी आमा समेत रहेकी पुनलाई विहान ६ बजे देखि बेलुकी १० बजे सम्म बिरामीको फोन आउने गर्दछ । झोलामा औषधि र अन्य स्वास्थ्य सामग्री बोकेर उहाँ बिरामीको घरमा पुग्दा बिरामीहरु खुसी हुने गरेको उहाँले बताउनुभयो । सबै सर्वसाधारणहरुको पहुँचमा अस्पताल नभएका कारण कारण धेरै मानिसहरु लामो समय देखि रोग लुकाएर बस्ने गरेको समेत पाइएको छ । हेमन्त केसी
बर्दिबास नगरपालिकाले सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने
![रौतहटमा ४७४ एचआईभी संक्रमित](https://snowberry.prixacdn.net/media/gallery_folder/HIV-Aids.jpg_4Zj4dXA1PA_fzhenp7bajuc2nnado2kdyf4rkomdmthomg2jbxlilqf8mdu2odbzjtuchh7_fb3WV1Fmh6_ti1mmwroh47u9arrqtc4jwnytaojumjwto3s4f1vrdex2b2rpi5jvvxxfjnc.jpg)
रौतहटमा ४७४ एचआईभी संक्रमित
अस्पताल भन्नासाथ धेरैले न्यूराे नै बुझ्नुहुन्छ : मुख्यमन्त्री कार्की
संखुवासभामा डेंगु र भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार
![बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/RaptiProvinceHospit_9n9OcyDcZ0_hcaqbhohysx6f8z8l4fb0wgkssrtrkyxfuulxj4pgkdheffsmtsqhapftobo_imx6OhTj4N_e6avbtnkvhixt2ieahw5imqv8vfdqia79weyrvdf4mbty5trp6efwsltcocv.jpg)
बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया
![मृगाैला प्रत्याराेपण पछि पनि पत्रकार पीबी दियालीको स्वास्थ्य अवस्था गम्भिर : जीवनरक्षाको अपिल](https://snowberry.prixacdn.net/media/gallery_folder/pb_JbJJxynI3Q_8nofi0ubpfx1nmxkcrcxk44c4br7aigk66fyxscnuquzgqon8laqzlhrizo4_HsamAFnbsy_slrks28fawlsw6gdovc9nlimc3ltkpny0mzj3mgvhf5fdtczma3to2vjbk0n.jpg)
मृगाैला प्रत्याराेपण पछि पनि पत्रकार पीबी दियालीको स्वास्थ्य अवस्था गम्भिर : जीव…
![भरतपुर अस्पतालमा एमआरआई सुविधा, दैनिक २५ जनासम्मलाई सेवा](https://snowberry.prixacdn.net/media/gallery_folder/mri-bharatpur_oGU1BicmOR_1irrsqsrh3gjmqvrkhfo0cshvtlyk9y6utcgb0eilhadaihojxmbe6webkvh_KeWOmyw6Sk_muhvx2j6u0zmjpv4c3f9t4i3gf8uw12fqb5zembl72wsk5lpiommlfsxemim.jpg)
भरतपुर अस्पतालमा एमआरआई सुविधा, दैनिक २५ जनासम्मलाई सेवा
![प्राणघातक हुन्छ इन्टरमिटेन्ट फास्टिङ ? के भन्छ अध्ययन ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Intermittent-Fasting_eryuGg7VMy_a39jduibk7po4i2ws3hwmewmowx12ekj66ijtuck71mlinbmbcwbgrmis1kq_qHdeuGph7t_ldxp2lntwge1ryzzxketbrikkfjhml0mc1fy38ebbld6bqcstuegdyqaxfud.jpg)
प्रतिक्रिया