केजरीवाल बारे अमेरिकी टिप्पणीप्रति भारतको आपत्ति
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Kejariwal_1.jpg-1_oPgAbPWANJ_oybkbhzs4f8wxmakymcdzzvp1de1fexa0yl4t6dmo2b5bubx5x01jrqpaw6i_0F7QvldVjl_nifrj1zaxwoabxjskdrpfowwpcclrw58eduilinc5baeyvvj14jla0cq1ukb.jpg)
काठमाडौँ / भारतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेको विषयमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइप्रति कडा आपत्ति जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको टिप्पणीको कडा आलोचना गरेको छ ।
विज्ञप्तिमा भनिएको छ- 'भारतका केही कानुनी प्रक्रियामा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको टिप्पणीको हामी कडा आलोचना गर्छौँ । कूटनीतिमा देशहरूले अरूको सार्वभौमसत्ता र आन्तरिक मामिलाहरूको सम्मान गर्ने अपेक्षा गरिन्छ। लोकतान्त्रिक मुलुकबाट यो अपेक्षा झनै बढ्छ । भारतको कानुनी प्रक्रियाहरू स्वतन्त्र न्यायपालिकामा आधारित छन् जुन वस्तुनिष्ठ र समयसापेक्ष न्याय प्रदान गर्न प्रतिबद्ध छ । यसलाई प्रश्न गर्नु अनुचित हो ।'
यस अघि दिल्लीका मुख्यमन्त्री केजरीवालको गिरफ्तारी बारे अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले मुख्यमन्त्री केजरीवालको विषयमा निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रियाको अपेक्षा गरेको बताएका थिए ।
यसअघि जर्मनीले पनि दिल्लीका मुख्यमन्त्रीलाई निष्पक्ष सुनुवाइका लागि अपील गरेको थियो । त्यसपछि भारतले जर्मन दूतावासका उपप्रमुखलाई बोलाएको थियो । जर्मन विदेश मन्त्रालयका प्रवक्ताको भनाइलाई भारतको आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै भारतले कडा आपत्ति जनाएको थियो ।
केजरिवाल दिल्ली सरकारको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा हाल प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहेका छन् ।
आम निर्वाचन अघि केजरीवाललाई पक्राउ गरिएको भन्दै सरकारको आलोचना भइरहेका बेला जर्मनी र अमेरिकाले यस विषयमा टिप्पणी गरेका थिए ।
![कमला ह्यारिसलाई ओबामाको समर्थन](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala.jpg_1fGqk7Z67r_bnj5sbj6852pn0uhbctu8j8vnmdzk8pjzszvlrc0xc8c02gtzjtkcla0xvhn_yCgj0Lpe41_laj12w7xhywfbicws5ndq2bsrqflcfbbz1mnrcktuaevzdbtrhdqx4nkt7jr.jpg)
कमला ह्यारिसलाई ओबामाको समर्थन
![गाजामा पाँच बन्धक मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/gaja-five_nj8wT1JIcN_rrdwdyi7etob81rgjgpieskovvztiaxfm6t3qaqsmlpdfiziasrccewodh7a_LwT7Lz4gqJ_whoek8d7aly0yqfk7ypm2mnsdnjhuearzekfbiynd7pnussawypar3rchvqv.png)
गाजामा पाँच बन्धक मृत भेटिए
![मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Boat.jpg_mDvE6MiPlg_lsxr6sippzt1pkopziceqrxiez6y94eyxstpjgsoaycfz90f50uk0y4ibsxy_zSXe9qitSH_zxbisgxxv1ieabcvhx9tlap03q5uf3olgoqyra2jslfs4gsqoxmm88zjzi0o.jpg)
मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता
![‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ](https://snowberry.prixacdn.net/media/gallery_folder/67_KXIWAfueUp_yakmddkbrip0cvr5gdsazdimly2zkmbiseik1rglbbanojlwagrkfupngkce_r8t3ZGhVAV_9ylxtld2tb0hvnhjziszazognhwcu1a2zrtaokv9w4ymns2rp3rotajanjtz.jpg)
‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ
![ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_Trump_1.jpg_BTppK0GMbR_oemch8ahitqvx4y4tlai7vhcyakr65ibxx84jmspvdx3vbdr9xtutzmk5t3i_fpwTGRXJ3b_bxat65hdkp0netnghkd2bur1qedsbmyjr4zbmkqprr5ql3jaggj5oj9oody8.jpg)
ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी
![इथियोपियामा भीषण पहिरो, अहिलेसम्म २२९ शव निकालियो](https://snowberry.prixacdn.net/media/gallery_folder/Ethiopia_BRHI4ayQem_3rypowwgsmpx1wmrtllxmzjorwjxihbkdbbst8rvcpmj92bfku458hlalm0e_oX3c3mE1ih_ybznpkkwld09qfgd3gzjhwbsjcjmcb1a3pv3m646lj6iy495je6qtabhmbjl.jpg)
इथियोपियामा भीषण पहिरो, अहिलेसम्म २२९ शव निकालियो
ट्रम्पलाई गोली लागेका कारण सिक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चिटलले दिइन् राजी…
![सात पटक बजेट प्रस्तुत गर्दै भारतकी अर्थमन्त्री सीतारमणको किर्तिमान](https://snowberry.prixacdn.net/media/gallery_folder/Nirmala.png_ZEQFLlYfPn_9shr7i5aiiudty2mknfnrwroqvouxgrt8vukbdmpkxnxobzpoc5y39arwlv5_MwtKmtTBCM_tu6y8hxthaibv8pgt4qnppdqvxeyihy0h7cse8z5nhwkxlo6wbzamqw9tcqi.png)
प्रतिक्रिया