इटहरीमा बसकाे ठक्करबाट एक युवककाे मृत्यु

इटहरी । इटहरीमा मंगलबार यात्रुवाहक वसले ठक्कर दिदा एकजना युवाकाे मृत्यु भएकाे छ । काेशी राजमार्ग अन्तरगत इटहरी १०  संविधान चौकमा मंगलबार बसकाे ठक्करबाट इटहरी उपमहानगरपालिका वडा नं ५ का स्थानिय ३७ वर्षीय भोजकुमार श्रेष्ठकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

राजमार्ग अन्तरगत इटहरीबाट विराटनगर जाँदै गरेको मे १ ख २७३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २९ प ४७६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ३७ वर्क्षिय श्रेष्ठकाे मृत्यु भएकाे काेशी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनकाे कार्यालय इटहरीले जनाएकाे छ ।  

  दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि कोसी अस्पताल विराटनगरमा उपचारको लागि लगिएको र अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेकाे प्रहरी भनाइ छ । प्रहरीले बस र चालक बिर्तामोड ४ का ५९ वर्षीय बद्रीनारायण पाण्डेलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित