यामाहाको स्पेयर पार्ट शोरुममा आगलागी, ६ करोड बढीको क्षती
![](https://snowberry.prixacdn.net/media/gallery_folder/434005292_1578852969568510_865703861968171948_n.jpg_0glVFU91gF_dftnaq1allbfvcbsjfaltov9jaexfkgttgikchxyayrjgyujaabihkwh1nba_oLqD2kyWfs_bt4nxjrlboec5nzewphp878bz4nki1dwixw1cvf94u2o2furvvem4kzfjjth.jpg)
रौतहट / रौतहट जिल्लाको मध्य भागमा रहेको गरुडास्थित यामाहा कम्पनीको स्पेयर पार्ट शो रुम कुशवाहा ईन्टरप्राईजेजमा गएराती भएको आगलागी बाट ६ करोडको क्षती भएको छ ।
गरुडा स्थित चिनीमिल गेट अगाडि रहेको कुशवाहा ईन्टरप्राईजेजमा राती करिब १२ बजे आगलागी भएको थियो। सोमवार रौतहटमा होली पर्व मनाईएकाले बिहानै देखि उक्त पसल बन्द गरेर सञ्चालक दिलीप कुशवाहा होली मनाउन घर गएका थिए। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओम प्रकाश खनालका अनुसार पसल रहेको तीनतले घरबाट आगोको मुस्लो हेरेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
बिभिन्न ठाउँ बाट आएको दमकल, स्थानिय र नेपाल प्रहरी सशस्त्र प्रहरीको सक्रियतामा आज बिहान पौने तीनबजे आगलागी नियन्त्रणमा लिएको डिएसपी खनालले जानकारी दिएका छन। पीडित सञ्चालक सञ्चालक दिलीप कुशवाहाका अनुसार सोरुममा रिपेयर गरी राखेको डेढ दर्जन मोटरसाईकल, ठूलो परिमाणमा यामाहा कम्पनीको सपेयर पार्ट्स पूर्ण रुपमा जलेर नष्ट भएको छ।
आगलागी बाट घरको नुकसानी समेत गरी ६ करोड भन्दा बढीको क्षती भएको पीडित कुशवाहाले बताएका छन। सोही घरमा रहेको यामाहा मोटरसाईकलको शोरुम केहीदिन अघि मात्र अन्यत्र सारिएको थियो। डिएसपी खनालले जिल्लामै सब भन्दा ठूलो स्पेयर पार्टको शोरुम उक्त पसलनै रहेको थियो।
आगलागीको कारण खुल्न नसकेपनि विद्युत सर्ट भएर हुनसक्ने प्रहरीको अनुमान छ। घटना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
![संखुवासभाकाे भोटखोलामा एक महिनादेखि यातायात ठप्प](https://snowberry.prixacdn.net/media/gallery_folder/pahir_gqw4sCONFG_setgyppud7umugmplep4dw0ypnxgczqevpgbusooiglpjpwntca51dxdoeaw_CWwcxLAOsk_rz7dy1lhvqqkgqbhn7ylplgvgsu4u2qwepd4gn7c3xkkh3hrkt7zf3fli6fw.jpg)
संखुवासभाकाे भोटखोलामा एक महिनादेखि यातायात ठप्प
![बागमतीमा चार मन्त्रीले लिए शपथ : हरिप्रभालाई भित्र्याइयो, प्रभातलाई हटाइयो](https://snowberry.prixacdn.net/media/gallery_folder/bagmati-mantri_LwOUivPhoZ_6u1ys7vtlwa6dmv0elk8jqvzfwq1lvsyhhoc3rfqbn9krzjbmbsztedhr432_nTo0BEuF0Q_6rxbvzu9eipvt7djv3kjdxkm74ejlmuorhe92soqrc3lbdz9n3x9bit1hn1u.jpeg)
बागमतीमा चार मन्त्रीले लिए शपथ : हरिप्रभालाई भित्र्याइयो, प्रभातलाई हटाइयो
![भाेजपुरकाे होम्ताङ : जहाँ बुनिन्छ घरघरमा नाङ्लो](https://snowberry.prixacdn.net/media/gallery_folder/Naglo%2520sip-bhojpur_hcraZQHSl5_c2doistvgsw3atatev4b0sazmytyx9ybgyjqjlf0w0i3vntafpe6v2apok9f_5hLG7GsFTU_18eptfrvgzimcwsf6t8fszopg45unsx1howqu5ngwb9qt35covtaf293bhq1.jpg)
भाेजपुरकाे होम्ताङ : जहाँ बुनिन्छ घरघरमा नाङ्लो
![दुर्घटनामा परेका प्रहरी जवान साैगात थापाकाे मृत्यु , छुट्टि लिएर धरान घर जाने तयारीमा थिए ,दुर्घटनामा परेर विलाए](https://snowberry.prixacdn.net/media/gallery_folder/saugat_Z5rxyeuGlt_vyqeavhvpkjt9cxlzontrk5ifbyg1rf2ktwwzrh1ycpizrryb06zlom6btch_pEzBJ2clFW_8lyc3xglbjgj3soswftgprue4azeyh4nqpbquj9jhybfchw8oa4h7gidr6n2.jpg)
दुर्घटनामा परेका प्रहरी जवान साैगात थापाकाे मृत्यु , छुट्टि लिएर धरान घर जान…
![काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की](https://snowberry.prixacdn.net/media/gallery_folder/mm_cWM4CTDoQU_u8meukr56n6zdjx9nzueb8snufobcq0xgx8acpdxtsscgdciljgnjlbhuo4x_4TrlnulARd_dkiaieposjxlaghjcncx2j1kskz8sgkowvablqmr5yaqw4bomzfe99xggivi.jpg)
काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की
![चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_qpkhJJYT1p_nlmv73msyc1if5bsuledcztio6gsrswnftdednrwsuhzabvfhaumzgvpir1h_2ewkqRs2wo_psllzpquosztcoi5oyyevgxyzgipe6urbyavm3j8mftn5vhntaijs2p1tgbm_iUd4NngCT0_8zegayhf47e3whooejyvg5mogswvhmdjvvxdc3oi5z2l6bylam9wgfjehdff_hCVNanqKsP_hdn3o4fck1xwix8h6yagnyq4qzlebliobmz6kykelnmhzzdlikxxfm4evhs0.jpg)
चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_j1B03wPoSI_hjilpdz1xuddd4uhfkzndysumg5spkcamvnkpausjcugwzoo229lngubvfya.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_5PBvsXsLrS_altyitcpd1hlsfodrmzpxc2eianzdj92lhzji8mmsgztzztkzy2qy9jmlbk0.jpg)
प्रतिक्रिया