छारे रोग न्यूनीकरण गर्न न्युरो अस्पतालले गर्याे सचेतना र्‍याली

विराटनगर । छारे रोग न्यूनीकरण तथा राेकथामकालागि सामाजिक सचेतना सहित स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको विराटनगर स्थित न्युरो हस्पिटलले सचेतना र्‍याली सम्पन्न गरेको छ । अस्पतालका कर्मचारी , विद्यार्थी तथा चिकित्सकहरूको उपस्थिति सहित सचेतना र्‍याली सम्पन्न भएको हो । यस अघि अस्पतालले छारे रोग सम्बन्धी  कलेज तथा विद्यालयका विद्यार्थी बिच निबन्ध प्रतियोगिता , प्रभात फेरी कार्यक्रम सम्पन्न गरिसकेको छ । अस्पतालले विभिन्न चेतनामूलक प्लेकार्ड सहित र्‍याली निकालेको हो ।

र्‍यालीमा अस्पतालका चिकित्सक , नर्स , कर्मचारी , न्युरो हेल्थ कलेजका विद्यार्थी , लर्डबुद्ध कलेजका विद्यार्थी एनसेलका कर्मचारी लगायत ४ सय बडीको सहभागिता रहेको थियो । न्युरो अस्पतालबाट सुरु भएको सो र्‍यालीले विराटनगरको सिद्धार्थ चौक , हस्पिटल चौक , जिल्ला प्रशासन चौक ,गोल्छा चौक हुँदै जलजला ,ट्राफिक , महेन्द्र र सन्सारीबाट लर्डबुद्ध चौक हुँदै पुन अस्पतालको पाइगणमा टुङ्गिएको थियो । छारे रोग निर्मूल बनाउनकै निमित्त न्युरो अस्पतालले विभिन्न प्रभावकारी कार्यक्रमहरू गर्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित