नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

विराटनगर । विराटनगर–नोना कोइराला स्मृति प्रतिष्ठानको आयोजना र केएचडिसी नेपाल, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहयोगमा मोरङको बूढीगंगा गाउँपालिका ६ को स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा ३ सय २५ जना स्थानीयले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।शिविरको उद्घाटन वडाध्यक्ष दिलीप चौधरीको साथमा गाउँपालिका अध्यक्ष जीतनारायण थापामगरले गरे । 

 शिविरमा आएका सबै विरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क ल्याब, निःशुल्क औषधि र परामर्श दिएको थिए । किड्नी, उच्चरक्तचाप, मधुमेह, फोक्सो र हृदयरोगलगायतका अन्य रोगहरुका बिरामीहरुको परिक्षण र उपचार गरिएको थियो । विद्यार्थीहरुलाई स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमसमेत शिविरमा संचालन गरिएको थियो । 

इसीजी, इको कार्डियोग्राफी, रगत परीक्षणलगायतको परीक्षणसमेत निःशुल्क गरिएको थियो । जुन अन्य अस्पतालमा उपचार गर्दा झण्डै आठ हजार रुपैयाँभन्दा माथिको परीक्षण रहेको प्रतिष्ठानका महासचिव अमित श्रीवास्तवले बताए । केएचडीसीको सहकार्यमा मोरङका  जिल्लाका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर संचालन भइरहेको छ । यस्तै शिविर अन्य जिल्लाहरुमा समेत आयोजना गरिने छ ।

 केएचडिसीका प्रमुख डा. संजिव शर्माले पहिलोपटक नोना कोइराला स्मृति प्रतिष्ठानसँग सहकार्य भएको र अब अन्य सहकार्यसमेत गर्दै जाने बताए । महासचिव श्रीवास्तवले शिविरमा उपचार गराएका मध्ये ५० प्रतिशतमा मधुमेहको समस्या देखिएको बताए । प्रतिष्ठानले केही समयभित्रनै मोरङको अन्य ग्रामीण क्षेत्रमा पुनः यस्तै कार्यक्रमको आयोजना गर्ने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित