उदयपुरकाे छाउरीखोलामा टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ छाउरी खोला नजिक विभत्स अवस्थामा एक पुरुषको शव फेला परेको छ । भुल्केस्थित छाउरी खोला छेउमा नाम, थर, वतन नखुलेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

शव खोला किनाराको घारीमा टाउको एकातिर अर्कोतर्फ शरीरको तल्लो भाग भेटिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख (डिएसपी) सुवास राईले जानकारी दिए । स्थानीयले बेवारिसे अवस्थामा शव देखेपछि इलाका प्रहरी कार्यालय कटारीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोको नेतृत्वमा प्रहरीले घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान गरी शवलाई पोस्टमार्टमको लागि कटारी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित