पाथीभरा स्कुलमा प्यारेन्टिङ वर्कसप सम्पन्न , आगामी शैक्षिक सत्रदेखि पठन संस्कृतिको विकास र शिक्षा सँग सीप कार्यक्रम लागू गरिँदै

इटहरी । सुनसरीको इटहरीस्थित पाथीभरा सेकेन्डरी स्कुलमा एक दिने कार्यशाला सम्पन्न गरिएको छ । अभिभावकहरूलाई नानीबाबुको शैक्षिक स्तरबारे जानकारी गराउन र आगामी शैक्षिक सत्र २०८१ देखि विद्यालयमा पठन संस्कृतिको विकास र शिक्षा सँग सीप कार्यक्रम लागू गरिने जानकारी सहित कार्यशाला सम्पन्न गरिएको हो । 

कार्यक्रममा सिटिएफ नेपालका निर्देशक बद्री दाहालले उपस्थित अभिभावकहरूलाई आफ्नो वाल बच्चाहरूलाई उचित शिक्षा सँगै पढ्ने बानीको विकास गराउनुपर्ने तर दबाबमा कुनै किसिमको काम अराउन नहुने बताए ।  उनले बिद्यार्थीहरूकाे पहिलो शिक्षक अभिभावकहरू नै रहेकोले बाल्य अवस्थामा विशेष ध्यान पुराउनुपर्ने पनि बताए ।

धेरै जसो बालबालिकाहरूलाई अभिभावकहरूले नै पुलपुलाएर बिगार्ने गरेको तथ्य रहेकोले त्यस्ता अभिभावकहरूलाई प्रेरणादायी सन्देश पनि दिएका थिए ।  पाथीभरा स्कुलका अध्यक्ष निर्मल कुमार रिजालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिपी रेग्मी , विवेक वानीयाले प्रशिक्षण दिएका थिए । कार्यक्रम इटहरी ४ का वडाध्यक्ष भक्त लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित