"माया धराने"काे म्युजिक भिडियो सार्वजनिक , हर्क साम्पाङकाे मुख्य भुमिका

इटहरी । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङकाे मुख्य भुमिका रहेको म्युजिक भिडियो "माया धराने" शनीबार सार्वजनिक भएको छ । धरानमा एक कार्यक्रमकाे अायाेजना गर्दै उक्त भिडियाे सार्वजनिक गरिएकाे हाे ।

गायक प्रकाश गुरुङ गायन क्षेत्रमा आफ्नो नाम स्थापित गर्ने अभियानमा छन् । उनी आफूलाई ब्ल्याक डाइमण्डको नामले चिनाउन रुचाउँछन् । यस अघि उर्गेन दोङको शब्द सङ्गीतमा अँगालोमा बाँधी तिमीलाई लगायतका गीत सार्वजनिक गरिसकेका गुरुङले माया धराने बोलको गीत सार्वजनिक गरेका हुन । यो गीतको शब्द तथा सङ्गीत पनि गुरुङको नै रहेको छ।

गीत माया धरानेको म्युजिक भिडियोमा गायक गुरुङ र विमला खाजुमको पनि मुख्य भूमिका रहेको छ । धरानमा श्रम गर्न जाँदा बसेको प्रेम भिडियाे मार्फत देखाइएकाे छ । धरानमा लगाएको माया चोखो हुन्छ भन्ने पनि देखाउन खाेजिएकाे छ। माया धरानेले दर्शकको माया जित्नेमा आफु ढुक्क रहेको गायक गुरुङले बताएका छन् ।

भिडियोलाई निर्देशक भीम लामाले निर्देशन गरेका हुन् । नृत्य निर्देशन भने नगेन्द्र राईले गरेका छन् । सुमन तामाङले छायाङ्कन गरेको भिडियोको सम्पादन हेमन तामाङले गरेका हुन् । भिडियोलाई ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित