होलीमा उपत्यकामा नौं सय प्रहरी परिचालन, ९० ठाउमा चेकजाँच
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Holi_1.jpg_Q0U3Qirx8L_nvn2hfpeztwvkjkpkl4smnkxyg86mivafvkt2ar9gfcw7gzjbh9sdvg9lf6p_SHWYCdQ7qo_skcjxyuwgyka7exngkvydlgewjyuehpoba79zqdbrxcgdfbc5ejbprs9pm9l.jpg)
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले होलीलाई दुर्घटना रहित बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ । विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिने जनाएको छ । कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष उपत्यका प्रवेश गर्ने नाकाहरू र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै ३० ओटा मोबाइल भ्यान परिचालन गरी आवश्यकता बमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्ट समेत राखिने तथा दुर्घटना रहित होली पर्व मनाउन र उछ्रिङ्खल गतिविधिलाई समेत नियन्त्रण गर्नका लागि तयार भएको सुरक्षा योजना बमोजिम मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गर्ने योजना रहेको छ, यसका लागी ९ सय भन्दा बढी ट्राफिक प्रहरी खटिने ट्राफिक काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताएका छन् ।
अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाई गरी ठुलो आवाज निकाल्ने, तीन जना चढ्ने, हेल मेट नलगाउने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल कुदाउने उपर विशेष निगरानी गरिनेछ भने अन्य ट्राफिक नियम उल्लङ्घन गर्नेलाई समेत कडाइका साथ कारबाही गरिने छ ।
विशेष गरी मादक पदार्थ र लागु पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाएको र अनुमति विपरीत रङ्ग दल्ने, लोला हान्ने, अनावश्यक हो-हल्ला गर्ने, झैँ-झगडा गर्ने लगायतका उच्छ्रिङ्खल गतिविधि गर्नेहरूलाई समेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिने समेत प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले रङ्गहरूको पर्वमा सबै जना फेस्टिभ मुडमा हुने, होहल्ला गरी सवारी चलाउने, नशालु पदार्थको [मापसे र लापसे] सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर ट्राफिक चेकिङलाई कडा बनाइएको बताए ।
![चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_qpkhJJYT1p_nlmv73msyc1if5bsuledcztio6gsrswnftdednrwsuhzabvfhaumzgvpir1h_2ewkqRs2wo_psllzpquosztcoi5oyyevgxyzgipe6urbyavm3j8mftn5vhntaijs2p1tgbm_iUd4NngCT0_8zegayhf47e3whooejyvg5mogswvhmdjvvxdc3oi5z2l6bylam9wgfjehdff_r9TZABpJNW_b75em2thtlhux1pdtrmdq5koiejkj2rkwob7wbekmco4jw1oavp2jjvtxhxr.jpg)
चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_CNeskPWgcb_rctyuokecpqcjghvjefpzqis4akljcazbssvjpmeizfqx6gydlmiplm9quyj.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_LXMPM827Qj_h6zhyqeputevhmdajdazpegzbr3zbbshgytka3zlvg35gw7rzdebfb6yfqeu.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_jzFABgQCZZ_rhvionjpkpfgcbulbdgteralcqktgjfcmclj4rjmohxuhubb3myjdcw1mowz.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_KL5BMQinPA_vaf5ramiobxdmbdnogoztjxsqetxuz36qszymbumjkbtyuuotp5zvfnz1z6z.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_SBvbSrZGEn_hp9jrwrhqdxwz5624yyye10nf4akuw90lo7lafuwerr9xzopceooukvgzz94.jpg)
बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान
![इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/hotel_CFdupDY07y_cp81fxhkt03gfwgwb16olnddxbro0pryjudhj4z5mqahmhrfso0vusxo2dgz_vzimDlugHh_jvzaqqe8ja9cfslntpvqfmsqelbim9xsji8lcttu7qpw3muyfkji7mk234qf.jpg)
इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए
![स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी](https://snowberry.prixacdn.net/media/gallery_folder/police%2520post-khotang_xpcZfKePNx_f70etkj9irdsdaybxvtiajmheklokqhnq9eyb2fcnxfntnk39iyccutqgy91_XwUa6qwK50_oa2nxyz4tktpjjgv5revuiilq1dbx3llthiavkx1vxrwtenr3m7ppor5oyzp.jpg)
प्रतिक्रिया