इन्द्रपुर जेशिजद्वारा एक दिने साइवर सुरक्षा सम्बन्धी कार्यशाला सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित इन्द्रपुर जेशिजले साइवर सुरक्षा सम्बन्धी एक दिने कार्यशाला सम्पन्न गरेको छ । पछिल्लो समय साइवर अपराध बढिरहेकै बेला त्यसको न्यूनीकरण गर्ने उपाय सहित एक दिने कार्यशाला सम्पन्न गरिएको हो ।

कार्यशालामा सुकुना बहुमुखी क्याम्पसमा अध्ययनरत बिबिए पहिलो सेमिस्टरका बिद्यार्थिहरूलाई  फेसबुक तथा सामाजिक सञ्जाल कसरी सुरक्षित रूपमा प्रयोग गर्ने , ह्याक भएका आइडी कसरी फिर्ता ल्याउने , पासवर्डको सुरक्षा कसरी गर्ने लगायतका विषयहरू समावेश गरिएको थियो ।  

ग्राफिका इन्टरनेश्नल प्रा.ली. एवम् पूर्वेली मिडिया नेटवर्कका प्रबन्ध निर्देशक समेत रहेका सुरेश चन्द्र दाहालले उक्त प्रशिक्षण प्रदान गरेका थिए । सहभागीहरूले कार्यशालामामा सिकेका जानकारीहरू आफ्नो जनजीवनमा अत्यावश्यक रहेको र आगामी दिनहरूमा यस्ता प्रकारका कार्यशालाहरूलाई निरन्तरता दिन आग्रह समेत गरेका थिए । पछिल्लो समय फेसबुक आइडीहरू ह्याक हुने क्रम बढेकोले यस्ता कुराहरूमा ध्यान पुर्‍याउन यो प्रशिक्षण अनिवार्य रहेको कार्यक्रममा प्रमुख अतिथि एवं सुकुना बहुमुखी क्याम्पसका उप क्याम्पस प्रमुख बलराम पोखरेलको प्रमुख आतिध्यतामा सम्पन्न भएको थियो । 

कार्यक्रममा इन्द्रपुर जेशिसका अध्यक्ष उत्सव थापा, महासचिव आकाश दुलाल, कार्यक्रम संयोजक अजित वान्तवा लगायतहरूकाे उपस्थिति रहेको थियो  । कार्यक्रम सुकुना बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित