सुष्मा कलेजका बिद्यार्थिहरू संग बलराम आचार्य,  विद्यार्थीहरू दिए यस्ता सुझाव (तस्विरहरू)

इटहरी । इटहरीको सुष्मा कलेजले सफल व्यवसायी एवम् गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यलाई स्वागत सम्मान तथा बिद्यार्थिहरूमाझ भलाकुसारी गरिएको छ । कार्यक्रममा व्यवसायी आचार्यले जीवनमा गरेको सङ्घर्ष र पाएको सफलताबारे बिद्यार्थीहरूलाई सुनाएका थिए ।

आचार्यले जीवनमा सफल बन्न ,त्याग , अथक परिश्रम र हातमा सिप अनिवार्य हुनुपर्ने तर त्यो भन्दा पहिला आफ्नो स्वास्थ्य अवस्था ठिक हुनुपर्ने सुझाव दिएका थिए । आचार्यले गोरखा डिपार्टमेन्ट स्टोर कसरी इटहरीमा स्थापना भयो , अहिले व्यवसायहरूले भोग्दै आएको मुख्य समस्या , चुनौतीको बारेमा विद्यार्थी र शिक्षकहरूमाझ सुनाएका थिए ।

उनले काेभिड यता मुलुकको अर्थतन्त्र धरासयी बनिरहेको बेला थुप्रै व्यवसायहरू बन्द हुन थालेको र व्यवसायीहरू पनि वैदेशिक रोजगारीका लागि विदेश पलायन हुन थालेको बताए । त्यस्तै कलेजमा अध्ययनरत विद्यार्थीले भविष्यमा सफल व्यवसाय बन्न के कस्ता उपायहरू अपनाउन सकिन्छ ? व्यवसाय गर्दा ध्यान दिनुपर्ने पर्ने कुराहरू के के हुन जस्ता इत्यादि प्रश्नहरू राखेका थिए ।  यस्तै कार्यक्रममा दाेश्राे त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने म्यानेजमेन्ट तर्फ ५ जना र हाेटल म्यानेजमेन्ट तर्फ ३ जना विद्यार्थीहरूलाई नगद र प्रमाण पत्र सहित पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित