शिक्षा ऐन विपरित विद्यालय ब्यावस्थापन समितिको अध्यक्षमा सिफारिस

नगरले सिफारिस गर्यो बेरुजु भएका ब्याक्तीलाई

पथरी । नगरपालिका शिक्षा ऐन २०७९ विपरित मोरङ्गको पथरीशनिश्चरे स्थीत एक विद्यालयले विद्यालय व्यावस्थापन समितीको अध्यक्ष चयन गरे पछि सो कार्यको विरोध सुरु भएको छ । नगर प्रमुख मोहन तुम्बापोले शिक्षा ऐन विपरित बेरुजुमा परेका पुर्व वडासदस्य काशिराज राईलाई सिफारिस गरे संगै विबाद सुरु भएको हो ।

जनप्रतिनिधी हुदा रहेको वेरुजु रकम नतिरेका स्थानिय काशिराज राईलाई पथरीशनिश्चरे नगरपालिकाले पथरीशनिश्चरे ७ मा रहेको चन्द्रकिरातेश्वर मावीको विद्यालय व्यावस्थापन समितीमा सिफारिस गरेको थियो । सोहि आधारमा राई सो विद्यालयको व्यावस्थापन समितीको अध्यक्ष भएका हुन् ।  पुर्व वडासदस्य राई तत्कालिन वडासदस्य हुदा एक लाख ३९ हजार बेरुजु रहेको नगरमा तथ्याङ्क रहेको छ ।

चैत्र २ गते पथरी शनिश्चरे ७ मा रहेको श्री चन्द्र किरातेश्वर मा विको ब्यावस्थापन समिति लागि भेला भएको थियो । भेलाले ब्यावस्थापन समितिमा ४ जना सर्वसमत चयन गरेको थियो । भने नगरपालिकाले काशिराज र वडा नम्वर ७ ले मन्जु ताम्लि लिम्वुलाई सिफारिस गरेर पठाएको थियो । सो पछि भएको  अभिभावक भेलामा वहुमत सदस्यका नाममा काशिराजलाई अध्यक्षमा चयन गरिएको वताइएपनि सो को स्थानिय अभिभावकहरुले विरोध गरेका थिए ।

स्थानिय अभिभावक मौशम लिम्वुका अनुसार काशिराज राजनैतिक पहुचका आधारमा अध्यक्ष भएको र उनले जनप्रतिनिधी हुदा रहेको वेरुजु रकम अझै भुक्तानी गरेका छैनन् । शिक्षा ऐेन २०७९मा कुनै पनि संगठित सस्था वा कार्यलयको रकम वेरुजु रहेको कागज पेश हुन आएको व्याक्ति विद्यालय व्यावस्थापन समितीको सदस्य समेत नरहने व्यावस्था रहेको छ । तर बेरुजु छ भन्ने थाहा हुदा हुदै नगर प्रमुख तुम्बापोले बहुमतको दम्भ देखाएको स्थानिय सरोकारवाला मौसम लिम्बुले बताए ।

यता नगर शिक्षा शाखा प्रमुख सालिग्राम काफ्ले कुनै उजुर नपरे पछि अध्यक्ष चयन भएको र उत्त कार्य विद्यालय र जनप्रतिनिधीले गर्ने बताए । यदि कुनै उजुरी परेको भए प्रकृया अघि बढ्दैन थियो र उजुरी परे र बेरुजु ठहरिए बर्खास्त हुने शिक्षा शाखा प्रमुख काफ्लेले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित