धरान सुमना हत्या प्रकरण : प्रेमी बाबुराम भुजेल सार्वजनिक

फेसबुकको पासवर्ड शेयर नगर्दा हत्या ,दिनभरि स्कुटर सिकाएर राती हत्या

सुनसरी ।  सुनसरीको धरान १८ स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुल बिचको खोल्सीमा मृत  भेटिएकी २१ बर्सिया सुमना श्रेष्ठको हत्यामा संलग्न ब्याक्तीलाइ प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले धरान–१६ निवासी सुमना श्रेष्ठको हत्यामा संलग्न उनकै प्रेमी बाबुराम भुजेललाई सार्वजनिक गरेको हो ।

बाबुराम धरान १६ कै स्थानीय युवा हुन । उनीहरू बिच २ वर्ष देखि प्रेम सम्बन्ध रहेको र त्यही सम्बन्धमा दरार आएदेखि नै बाबुरामले हत्या योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत चैत ७ गते दिउँसो २ः५९ बजे श्रेष्ठको हत्या गरिएको अवस्थामा भेटिएको थियो । घटनापछि अनुसन्धान गर्दा मृतक सुमना श्रेष्ठ र धरान १६ बस्ने १९ वर्षीय सविन भन्ने बाबुराम भुजेलको संलग्नता रहेको प्रहरीले पत्ता लगाएको थियो । धरानकै एक कलेजमा कक्षा १२ मा अध्ययनरत सुमनाले ग्लोबलोरिन्स धरानमा काम गर्न थालेपछि बाबुराम रिसाएका थिए ।

सुमनाले जब गर्न थालेदेखि नै प्रेम सम्बन्धमा दरार आउन थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुमना गत पुसदेखि सो कम्पनीमा काम गर्दै आएकी थिइन । कामकै शिलशिलामा कम्पनीका प्रदीप श्रेष्ठसँग नजिकिएको बाबुरामले थाह पाएको र त्यहीदेखि विवाद सुरु भएको देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कम्पनीका श्रेष्ठ सँग नबोल्न प्रेमी बाबुरामले पटक पटक भन्दा पनि नमानेपछि फेसबुक पासवर्ड मागेका थिए ।प्रहरीका अनुसार सुमनालाइ फकाउन बाबुराम आफैले  चैत ६ गते स्कुटर चलाउन सिकाएका थिए ।

तर फेसबुकको मेसेज हेर्ने र पासवर्ड माग्दा नदिएपछि खुकुरी निकालेर घाटी रेटी हत्या गरेको सुनसरी प्रहरीले पत्रकार सम्मेलनमा बताएको छ । घटनाको अनुसन्धानपछि प्रहरीले खोजी गर्ने क्रममा भुजेललाई धनकुटाको धनकुटा नगरपालिका–९ मूलघाटमा लुकेर बसेको अवस्थामा बिहीबार फेला पारेको हो । भुजेलले सुमनाले प्रयोग गर्ने मोबाइल भने फुटाएर सिम खोलामा बगाएको र मोबाइल उनी आफैले राखेका थिए ।

प्रहरीले उनको साथबाट फुटाएको मोबाइल समेत बरामद गरेको छ । पक्राउ परेका भुजेललाई सुनसरी जिल्ला अदालतमा प्रस्तुत गरी सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिए । 

 

प्रतिक्रिया

सम्बन्धित