धरानकी सुमना हत्या प्रकरण : प्रेममा खटपट पछि हत्या : फरार युवक धनकुटाबाट पक्राउ

इटहरी । सुनसरीको धरानमा बुधवार मृत अवस्थामा भेटिएकी सुमना श्रेष्ठको हत्या उनकै प्रेमीले गरेको पुस्टी भएको छ । घटनाको २४ घण्टा बित्न नपाउँदै प्रहरीले हत्यामा संलग्न युवकलाई धनकुटाबाट पक्राउ गरी धरान ल्याएको छ ।

प्रेम सम्बन्धमा धोका दिएपछि ती युवकले धरानकी सुमनाकाे   हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । हत्या गरी फरार भएका भुजेल थरका युवकलाई बिहीबार धनकुटाबाट पक्राउ गरी धरान ल्याइएको हो ।

शुक्रवार पत्रकार सम्मेलन मार्फत संलग्न ब्याक्तीलाइ सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । धरान उपमहानगरपालिका–१८ मा बुधवार दिउँसो २१ वर्षीया सुमनाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको थियो ।

मृतक धरान–१६ का महेन्द्र श्रेष्ठको छोरी २१ वर्षीया सुमना श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । उनको आज (बिहीबार) दाहसंस्कार गरिएको छ । श्रेष्ठको इसाई परम्पराअनुसार दाहसंस्कार गरिएको हो । 

प्रतिक्रिया

सम्बन्धित