पथरीमा एक दिने नि:शुल्क स्वास्थ शिविर हुने

पथरी । पथरी बहुमुखी क्याम्पसको आयोजना एक दिने निस् शुल्क स्वास्थ शिविर हुने भएको छ । स्ववियूको बार्षीकोत्सवको अवसरमा निस् शुल्क स्वास्थ शिविर हुने भएको हो । स्वास्थ शिविर फागुन ९ गते पथरी बहुमुखी क्याम्पसमा विहान १० बजे देखि ५ बजे सम्म हुने स्ववियूले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

स्ववियूले विद्यार्थीका लागि शिक्षा मात्र नभएर स्वास्थमा समेत सवल राख्ने उदेश्यले शिविरको आयोजना गरेको स्ववियू सभापती केसर राईले बताउनु भयो । सभापती राईले स्वतन्त्र विद्यार्थी युनियन सधै विद्यार्थीको पक्षमा रहेर काम गर्दै आएको बताउदै पथरी शनिश्चरे क्षेत्रका सबै   विद्यालयलाई कार्यक्रममा सहभागी भै स्वास्थ परिक्षणको लाभ लिन अनुरोध गर्नु भएको छ ।

विद्यार्थीहरुको स्वास्थलाई मध्यनजर गर्दै एक दिने स्वास्थ शिविर हुन लागेको स्ववियू सचिव भुपाल खतिवडाले जानकारी दिनु भयो । स्वास्थ शिविरमा विद्यार्थीका लागि निस् शुल्क रगत परिक्षणको सेवा समेत रहेको सभापती राइले बताउनु भयो । शिविर नोवेल शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा हुने स्वास्थ शिविरमा स्त्री रोग, दन्त रोग, आँखा रोग र जेनेरल परिक्षण हुने छ।

प्रतिक्रिया

सम्बन्धित