धरानमा घाटी रेटिएकाे अवस्थामा किशाेरीकाे शव फेला , हत्या गरेर फालिएकाे प्रहरी आशङ्का

सुनसरी । सुनसरीको धरानमा घाँटी रेटिएको अवस्थामा एक जना किशोरीको शव फेला परेको छ । धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुल बीचमा रहेको खोल्सामा किशोरीको शव फेला परेको हो ।

धरान प्रहरीले दिएको जानकारी अनुसार मृत फेला परेकी किशोरीको घाँटी रेटिएको छ भने शव खोल्सामा घोप्टो परेको अवस्थामा भेटिएको हो । किशोरीको शव नजिकै खुकुरी पनि फेला परेको छ । मृतक किशोरीको पहिचान खुलिसकेको छैन । धरान प्रहरीले उनको हत्या नै भएको हुनसक्ने बताएको छ ।

‘आज साढे २ बजेतिर गाईबाख्रा चराउनेहरूले खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो,’ वडाध्यक्ष नरेन्द्र राईले भने, ‘अहिले शव पोष्टमार्टमका लागि बीपी प्रतिष्ठान लगिएको छ ।’ मृत भेटिएको किशोरीको पहिचान खुल्न सकेको छैन । तालिम प्राप्त कुकुरको सहायोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित