मध्यरात बराहक्षेत्रकाे काेसी किनारबाट ५ बाेरा गाँजा बरमद

इटहरी । सशस्त्र प्रहरीले सप्तकोसी नदीमा डुंगामा लैजाँदै गरेको पाँच बोरा गाँजा बरामद गरेको छ। मध्यराति साढे १ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोसी नदीको किनारमा ५/६ जना व्यक्तिहरूले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले १ सय ६४ किलो गाँजा बरामद गरेको हो।

रातको समय भएकोले डुङ्गा लिई व्यक्तिहरू फरार भएको र गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाईएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गणबाट फाल्गुन १ गतेदेखि हालसम्म १ एम्बुलेन्स सहित ५६४ किलो गाँजा बरामद भएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित