अजय देवगनकाे ‘शैतान’ : १०० करोड कमाउने पहिलो हरर फिल्म
एजेन्सी । अजय देवगन बलिउडका सबैभन्दा प्रतिभाशाली अभिनेतामध्ये एक हुन् । अजयले आफ्नो करियरमा अहिलेसम्म धेरै किसिमका क्यारेक्टरमा देखा परेका छन र धेरै ब्लकबस्टर फिल्म दिएका छन् ।
जसका कारण पनि उनका फ्यानहरू अजयको अभिनयका लागि पागल छन् र उनको हरेक फिल्मको उत्सुकतापूर्वक प्रतीक्षा गर्छन् । हाल अजयले आफ्नो भर्खरै रिलिज भएको फिल्म ‘शैतान’ बाट बक्स अफिसमा तहल्का मच्चाइरहेका छन् ।
यो अलौकिक फिल्मले तुफान गतिमा कलेक्सन गरेको छ र योसँगै अजयको नाममा दुई रेकर्ड पनि कायम भएको छ । अजय देवगनको फिल्म ‘शैतान’ मार्च ८ मा सिनेमाघरमा रिलिज भएको थियो । फिल्मको ट्रेलर सार्वजनिक भएदेखि नै फ्यानहरु फिल्मको प्रतिक्षामा थिए ।
जब यो हरर थ्रिलर थिएटरमा पुग्यो, दर्शकको भीड यसलाई हेर्न जम्मा भयो । ‘शैतान’ ले समीक्षकबाट मात्रै होइन, दर्शकबाट पनि निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ । गुजराती फिल्म ‘वश’ को हिन्दी रिमेक ‘शैतान’ मा अजय देवगनबाहेक आर माधवन, ज्योतिका र जानकी बडीवालाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
यो फिल्मको कथाले दर्शकलाई रुचाएको छ । योसँगै यो फिल्मले १० दिनमा १०० करोडको आँकडा पार गरेर चमत्कार गरेको छ । सिद्धार्थ मल्होत्राको ‘योधा’ र अदा शर्माको ‘बस्तर द नक्सल स्टोरी’ जस्ता नयाँ फिल्मबाट ‘शैतान’ले बक्स अफिसमा प्रतिस्पर्धा पनि गरिरहेको छ तर पनि यसले अन्धाधुन्ध पैसा छापिरहेको छ । सैकनिल्कको रिपोर्ट अनुसार, ‘शैतान’ ले रिलिजको ११ औं दिनमा ३ करोड कमाएको थियो भने योसँगै ११ दिनको घरेलु बजार कलेक्सन १०६.०५ करोड पुगेको छ ।
वास्तवमा सन् २०१० यता बनेका सबै हरर विधाका फिल्म मध्ये ‘शैतान’ सबैभन्दा धेरै कलेक्सन गर्ने फिल्मसमेत बनेको छ । यो सूचीमा ‘राज ३’ दोस्रो स्थानमा छ । यसले ७० करोड रुपैयाँ कमाएको थियो । जहाँ ‘रागिनी एमएमएस’ यो सूचीमा तेस्रो नम्बरमा छ ।
यो फिल्मले ४६/७८ करोडको व्यापार गरेको छ । ‘शैतान’ लाई विकास बहलले निर्देशन गरेका हुन् । चलचित्र दुष्ट शक्तिको चंगुलबाट आफ्नी छोरीलाई बचाउने बाबुको वरिपरि घुम्छ । ‘दृश्यम २’ पछि अजय देवगनले यो फिल्ममा फेरि एकपटक पारिवारिक पुरुषको भूमिकामा कमब्याक गरेका छन् ।
![पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Sarangi.png_uVYld5NSkh_2onznfkshmv26i4zbnvz715un6ooepmwgdu5jqpoe9dzbdus6gr45qvlnznq_V6IyXL5YnA_jtsi1h9kzsyij6r5tbhvojsegoaen6orkcgxsemqx95p2e6gdobpwlqgwkob.png)
पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु
![सिसन बानियाँले खोले फिल्म कम्पनी](https://snowberry.prixacdn.net/media/gallery_folder/sss_umwXz1g2iE_6leqpfvt4vdxcxpfgjvkukarlc4a6yyjmvbcsmvwlkn96r6s78htjvrf9fzj_jtOft1AUi4_pvltyz3oryk16boh8hhj7dpfpewfnaxdmjucl2zefjrhimwldjnyocm75ac6.jpg)
सिसन बानियाँले खोले फिल्म कम्पनी
![‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत](https://snowberry.prixacdn.net/media/gallery_folder/nischal.jpg_iYINuYtSI8_1mhqm489nifkfhibylpztv5cdmxvhdptflydvmmojrnnhuoapnibplzoa0lh_z5ELhlsO3U_zsckwfaxkv2i2tcmk3odobopb9wi0ff3f4x8akdvmif0cfaoqab2zmtdibp4.jpg)
‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत
![नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य](https://snowberry.prixacdn.net/media/gallery_folder/452287375_1037368801083518_4810767438107096189_n.jpg_QwsQMJzsgB_hnqi3hccqgckbgbugivyfm8ucrpssphkoltzkip2g6sit7zyvkk7ump6vo8w_wNR33LhrQj_4zzgrdgmxcqpgyrd6hov0oarqyfcnalodutq1g4vakavzzpfzobfnybpbfax.jpg)
नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य
![हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्त्री कार्कीकाे निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/haribansha-achrya_nZdOFKOIai_dgc9gleo5jp2joriurnjdxzslr1rusj0qshdlzzzgauv16zxsvd0dfojk4fx_YPDhLiiPSf_qy5910gs1iprwswxef2kxuzluchtbbclqqvicoa2wrebfka5vkerhcotasdb.jpg)
हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्…
![फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !](https://snowberry.prixacdn.net/media/gallery_folder/Bad-Newz.png_Cvek1p1JcB_cb3wl8jbyxmdrvv3j7gyi7fgbvwzp8fkwasajyyk4p7ix3werjgabequ946y_y6nNHOJkDH_1e5oicsre0lfufqkg8hm7lqwml8gthw8p0zfencqcot1e5pkimbyst75hgjr.png)
फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !
![अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना](https://snowberry.prixacdn.net/media/gallery_folder/janvi_XYZy0JRyOq_geuymxxejzfupai6jqnegxfhfjoi6rkho6kk6criq41jwfrsmlle4egvhgqn_1hLqA52xFQ_srcaqzh1v2n9pws6y0b6bppjr48sov8zp4rbkgikume83ti2doxfssraaa34.jpg)
अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना
![‘सक्किगोनि’ टिमले चलचित्र ‘लाज शरणम’ बनाउने](https://snowberry.prixacdn.net/media/gallery_folder/laj-saranam_nW1FnqFF9c_bcolk1eobiinhfviuwumb5zvpyayunttavf03t0k6nrkbxthos4bfb3vvgfk_JyuS5EG2So_1nnjfa4nmq6coobsuftbq2dtj9i2kep8fej06ke7jl5uj2phwtzmw0ellcx4.jpg)
प्रतिक्रिया