हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईका ‘बडीगार्ड’ रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरण निवेदन

काठमाडौँ । हतियारसहित हिजो (सोमबार) सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका दुर्गा प्रसाईंका दुई निजी सुरक्षा सहयोगी (बडीगार्ड) को रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन परेको छ । सोमबार पक्राउ परेका बडीगार्डहरू दीपक खड्का र रामकुमार धिमालका तर्फबाट निवेदन परेको हो ।

निवेदनमाथि बुधबार सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ । प्रसाईंले पाँच वर्षअघि हतियार राख्न र प्रयोग गर्न पाउने गरी लाइसेन्स पाएका थिए । तर सोमबार सर्वोच्च परिसरमा खड्काले बोक्न पाउने गरी लाइसेन्स पाए पनि धिमालको साथबाट बरामद भएको थियो । उनीहरुमाथि हातहतियार तथा खरखजना मुद्दा चलाउने तयारी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित