इटहरी आउँदै गरेको बसले किचेर सहचालकको मृत्यु

इटहरी : संखुवासभाको चैनपुर नगरपालिका ६ जिरो पोइन्टस्थित चैनपुर नुनढाकी भित्री सडकखण्डमा बसले किचेर सहचालकको मृत्यु भएको छ । lमृत्यु हुनेमा धनकुटा नगरपालिका ६ पात्लेखोलाका ३० वर्षीय मनोज खड्का रहेका छन् । मंगलबार (आज) बिहान नुनढाकीबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ३०७७ नम्बरको बसको ढोकाबाट झर्दा बसको पछाडिको टायरले किचेर सहचालक खड्का गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।बस र चालक धनकुटाको साँगुरीगढी गाउँपालिका १ का ३३ वर्षीय कुमार उपाध्यायलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित