विश्व सामाजिक कार्य दिवस : नमुना कलेजको तिन दिवसीय कार्यक्रम सम्पन्न

इटहरी । सुनसरीको इटहरीस्थित नमुना कलेजले सामाजिक उत्तरदायी अन्तरगत विभिन्न कार्यक्रम गरी विश्व सामाजिक कार्य दिवस सम्पन्न गरेको छ । तिन दिन समय आयोजित कार्यक्रममा पहिलो दिन ४ गते वृहत् रक्तदान गरिएको थियो भने ५ गते सुनसरिको प्रकाशपुरमा निःशुल्क स्वास्थ्य शिविर र ६ गते इटहरीमा सामाजिक कार्यकर्ताहरूले वर्तमान अवस्थामा देखेका चुनौतीबारे डिसकर्स र समापन गरिएको हो ।  कार्यक्रमको पहिलो दिन इटहरीमा आयोजना गरिएको रक्तदानबाट ९१ प्रिन्ट रगत सङ्कलन गरेको थियो ।

त्यस्तै दोस्रो दिन सुनसरीको प्रकाशपुरमा आयोजित वृहत् निःशुल्क स्वास्थ्य शिविरमा ६ सय बढी स्थानीयहरू लाभान्वित बनेका थिए । तेस्रो दिन विभिन्न सांस्कृतिक कार्यक्रम सहित विश्व सामाजिक कार्य दिवस तथा कार्यक्रम समापन गरिएको हो ।  समापन कार्यक्रममा बोल्दै एनजिओ फेडरेसन कोसी प्रदेशका अध्यक्ष लखनलाल शाहले सरकारबाट भरोसा गर्न योग्य कुनै सहयोग प्राप्त नभएको  बताएका छन् । नमुना कलेज इटहरीले मङ्गलवार विश्व सामाजिक कार्य दिवसको अवसर पारेर आयोजना गरेको डिसकर्स कार्यक्रममा अध्यक्ष शाहले यस्तो बताएका हुन । सरकारको मुख्य शत्रु भनेको अहिले एनजिओ बनेको उनले आरोप लगाए । जनताको साझा मुद्दा बोकेर सरकार समक्ष पुर्‍याउने उद्देश्यले स्थापित एनजिओहरू सरकारबाट पटक पटक प्रताडित हुने गरेको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष शाहले समाजमा हुने महिला हिंसा , बाल यौन दुर्व्यवहार ,लगायत सामाजिक विपत्तिमा अग्रपङ्तीमा रहेर काम गर्ने एनजिओ प्रति नेपाली समाज र सरकारले हेर्ने दृष्टिकोण अझै सुधार नभएको पुती चिन्ता प्रकट गरे । २०७२ सालको भूकम्प देखि बिभिन्न समयमा हुने बाढी पहिरो लगायत आगलागीको बेला सबैभन्दा पहिला राहतको प्याकेज लिएर एनजिओका पदाधिकारी नै पुग्ने उनको दाबी छ । एनजिओलाई नेपाल सरकारले आफ्नो स्वामित्वमा ल्याएर काम गराउनको सट्टा गरिएको राम्रो कामलाई समेत दबाएर समाजमा नकारात्मक प्रचार गरिएको अध्यक्ष शाहको दाबी छ ।

कार्यक्रममा नमुना कलेजका विद्यार्थी प्रतीक कट्टेलले एनजिओ सञ्चालकहरूमाथि प्रश्नको चाङ लगाएका थिए । उनले नेपालमा च्याउ सरी पलाएका एनजिओ भएर पनि महिला हिंसा , बालयौन दुर्व्यवहार , हत्या हिंसा जस्ता घटना न्यूनीकरण नभएको भन्दै एनजिओको कार्यशैली माथि प्रश्न तेर्स्याएका थिए । त्यस्तै इटहरी नागरिक समाजकी अध्यक्ष वालिका खडका (भट्टराई)ले सामाजिक क्षेत्रमा क्रियाशील हुँदैमा समाजसेवी भई नहाल्ने बताइन । उनले बिपतको बेला २,४ बोरा अन्न वितरण गरेर सामाजिक सञ्जालमा तस्बिर हाल्दैमा सामाजिक व्यक्तित्व नहुने ।समाजमा स्थापित उनलाई कर्मनै सामाजिक क्षेत्रमा लागेको हुनुपर्ने उनको धारणा थियो ।

नमुना कलेजका प्रमुख धर्म न्यौपानेको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा हिसान सुनसरीका अध्यक्ष सागर भट्टराई , अभियान नेपाल सुनसरीका कार्यकारी प्रमुख शैलेन्द्र राई , एनजिओ फेडेरेसन सुनसरीका अध्यक्ष मेघराज न्यौपाने , लगायत नमुना कलेजका शिक्षकहरूले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कोसी प्रदेशभरीबाट सामाजिक सङ्कायमा अध्ययन अध्यापन गराउने दर्जन बढी कलेजका ६ सय बढी विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

२०५६ सालमा ४२ जना विद्यार्थीबाट शुरु भएको कलेजले हालसम्म हजारौं विद्यार्थी उत्पादन गरिसकेको छ । काेशी प्रदेशमै अब्बल यस कलेज प्रदेशकै ‘ब्राण्ड’ कलेजका रुपमा स्थापित हुँदै अघि बढिरहेको छ । ‘हाल अन्य कलेजहरुभन्दा विद्यार्थीको नतिजा, होटल म्यानेजमेण्टको लागि चाहिने भौतिक पूर्वाधार, विषय शिक्षका हिसबले कलेज अब्बल रहेकाे छ ।’ अनुभवी प्राध्यापक, उत्कृष्ट व्यवस्थापन, सम्पूर्ण शैक्षिक पूर्वाधार नै नमुना कलेजको पहिचान हो । कलेजले सञ्चालनको छोटो अवधिमै शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको कलेजले जनाएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित