आदिवासी युवा महासंघ :प्रदेश एकमा कमल राना मगरको अध्यक्षतामा १२ सदस्य समिति गठन

प्रदेश एक आदिवासीकाे बिर्ता हाे : उपाध्यक्ष राई

सरिता याेञ्जन

 इटहरी ।  आदिवासी  युवा महासंघ प्रदेश नं एकमा नयाँ कार्यसमिति चयन गरिएको छ । कमल राना मगरको अध्यक्षतामा १२ जना सदस्य रहने गरी नेपाल आदिवासी जनजाति युवा महासंघ प्रदेश नं एक पुनर गठन गरिएको हो ।

जसको उपाध्यक्षमा लीला भुजेल,भूपेन्द्र राई,अनिल उराव चयन भएका छन् भने सचिवमा विमल किराँती सहसचिवमा सागर सुनुवार,कोषाध्यक्षमा सुवास तामाङ सहकाेषाध्यक्षमा सिता कुमारी उराव चयन भएका छन् ।त्यस्तै समितिको सदस्यहरूमा शुक्रहाङ राई , रोशन श्रेष्ठ, प्रमेस थापा ,युवराज भुजेल लगायत रहेका छन् ।

चुनिएका अध्यक्ष देखि सदस्य सम्मका सबै पदाधिकारीहरू सर्वसम्मतबाट निर्विरोध चयन गरिएको हो । इटहरीस्थित महासंघकाे भवनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आदिवासी युवा महासंघका केन्द्रीय उपाध्यक्ष  शुभलाल राईले प्रदेश एक आदिवासी जनजातिहरूको बिर्ता रहेको र आफ्नो स्वाभिमान ,पहिचान र सभ्यतालाई बचाइ राख्न जस्तो सुकै मूल्य चुकाउन पनि पछि नपर्ने बताए । 

 पहिचानको आधारमा प्रदेश न. १ को नामकरण भएता पनि सम्पूर्ण जातजातिको हक ,हित र अधिकार सुनिश्चित नै रहने राईले बताए।नेपालको इतिहासलाई हेर्दा  अहिले सम्ममा जनजातिबाट एक जना भन्दा अरू प्रधानमन्त्री नभएको र एउटै समुदायको व्यक्तिले मात्र  सरकारको नेतृत्व गरिरहेकोले  अब पनि जनजातिलाई पालो नदिए देशको विकास नहुनुको जिम्मा वर्तमान प्रधानमन्त्री प्रचण्डले लिनुपर्ने राईको तर्क छ ।

  कार्यक्रममा बोल्दै आदिवासी युवा महासंघ प्रदेश एकका संयोजक तथा केन्द्रीय सदस्य टार्जन सुनुवारले आदिवासीहरू भनेको शैक्षिक ,भाषिक र राजनैतिक  क्षेत्रमा युवाहरूलाई अगाडी बढाउँदै लगेको बताए ।   राज्यका पहुँच सम्म आदिवासी युवाहरूलाई पुर्‍याउनका लागि उक्त संस्थाको प्रमुख भूमिका रहेको उनले जानकारी दिए।

उनले १४ वटै जिल्ला मात्र नभई गाउँ तथा नगर हुँदै केन्द्र सम्म पुगेर आदिवासी जनजाति युवा महासंघ गठन गर्ने र युवाको हक अधिकारको लागि राज्य सङ लड्ने मात्र नभई सम्पूर्ण आदिवासी युवाहरूलाई हरेक तवर बाट सक्षम र सबल बनाउने उद्देश्य उक्त सघको रहेको जानकारी गराए।

प्रतिक्रिया

सम्बन्धित