युवतीको नक्लकी आइडी बनाई प्रेमजालमा फसाएर ठगी धन्दा

माेरङ । सामाजिक सञ्जालबाट पुरुषहरुलाई हनी ट्रयापमामा पारेर रकम असुलीको धन्दा चलाउने गिरोह विराटनगरमा सक्रिय देखिएको छ । नक्कली आइडी बनाएर पुरुषसँग मित्रता गाँस्दै ‘हनी ट्रयाप’ मा पारेर रकम असुली गर्ने धन्दा पछिल्लो समय बढेको हो ।

सामाजिक सञ्जालमा युवतीको नाममा नक्कली आईडी बनाएर पुरुषसँग चिनजान गरी हनी ट्रयापमा पार्ने नयाँ शैलीको अपराध विराटनगरमा बढेको पाइएको हो ।सामाजिक सञ्जालमा चिनजान गरेर विभिन्न होटल तथा रेष्टुरेन्टमा भेटन बोलाउने र झुठो मुद्दा लगाएर फसाईदिने भन्दै डर, धम्की र त्रासको आधारमा रकम असुल्ने अपराध बढेको पीडितहरुले बताएका छन् । सुन्दरीलाई जीवनसाथी बनाउने सपनामा पछिल्लो ६ महिनामा मात्रै विराटनगरका २५ भन्दा बढी विवाहित तथा अविवाहित पुरुषहरु हनी ट्रयापको शिकार भएका छन् ।

उनीहरु सबैलाई सामाजिक सञ्जाल फेसबुकमा ‘निशा लिम्बू’ को नाममा रहेको एकाउण्टबाट हनी ट्रयापमा पारी ब्ल्याकमेल गरिएको बताइएको छ । ‘एकदिन फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । कुराकानी भयो, चिनजान भयो । अनि ती युवतीले व्हाट्सएपमा कुुरा गरौं भनेर आफ्नो नम्बर दिईन् । व्हाट्सएपमा कुरा गर्दै गएपछि एकदिन उताबाट प्रपोजल आयो । म सँग प्रेममा परेको बताईन् । मैले स्वीकार गरे । केहीदिनपछि आमा बिरामी भएर नोबेल हस्पिटलमा राखेको भन्दै ३ हजार रुपैयाँ पैसा मागिन । मैले दिएपनि,’ विराटनगरका राजन चौधरी (नाम परिवर्तन) ले भने, ‘दुईदिनमा मैले ती युवतीलाई १० हजारभन्दा बढी पैसा दिईसके । तर, पैसा पाएपछि ब्लक भए ।’

सामाजिक सञ्जालमार्फत् चिनजान गरी माया प्रेमको सम्बन्ध स्थापना गर्ने र आफन्त तथा साथीभाई बिरामीको भएको बहानामा लाखौं रुपैयाँसम्म रकम असुल्ने अपराधको शिकार विराटनगरका मात्रै नभई इटहरीसम्मका पुरुषहरु भएका छन् ।मिडिया सम्पर्कमा आएका एक पुरुषले भने, ‘सामाजिक सञ्जालमा जोडिएपछि युवतीले कसैसँग फोन अथवा भिडियो कलमा कुरा गर्दिनन् । म्यासेजमा मात्रै कुरा हुन्छ । भ्वाइस रेकर्डकोे रिप्लाई पनि म्यासेजमै आउँछ ।’

प्रतिक्रिया

सम्बन्धित