सिरहामा ४ दिनको अवधिमा ३ महिलाको हत्या, कारण यौन सम्वन्ध

लहान । गत फागुन २७ गते बिहान सिरहाको गोलबजार नगरपालिका ६ की ३२ वर्षीया अनिता देवी साहको विभत्स हत्या भयो । साह दम्पति गत ६ महिनादेखि स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर ‘न्यू स्टार’ नामबाट होटेल सञ्चालन गरेका थिए ।

होटेल भित्रै सुत्ने कोठामा अनिताको शव फेला पर्यो । शरीरका विभिन्न भागमा धारिलो हतियार तथा ढुंगा प्रहार भएको थियो । प्रहरीले घटनालगतै उनका पति महेन्द्रसहित केही व्यक्तिलाई नियन्त्रणमा लियो ।

तालिमप्राप्त कुकुरसहितको अनुसन्धानबाट पति महेन्द्रले नै पत्नी अनिताको विभत्स हत्या गरेको खुलेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले बताए । उनकै ११ वर्षीया छोरीले प्रमाणहरुको पहिचान गर्दा हत्या महेन्द्रले नै गरेको खुल्न आयो ।’

१२ वर्षअघि अनिता र महेन्द्रको सामाजिक परम्परा अनुसार बिहे भएको थियो । उनीहरुका एक छोरी र दुई छोरा छन् । माइती पक्षका अनुसार बिहेको केही वर्षदेखि महेन्द्रले श्रीमती अनितालाई कुटपिट गर्ने गरेका थिए । कयौंपटक गाउँ समाजमा छलफल समेत भएको थियो । कारण उनले अरुलाई यौनजन्य आरोप लगाउँथे ।

प्रतिक्रिया

सम्बन्धित