चतरा–खनार नहरमा नुहाउने क्रममा डुबेर भोजपुरका एक युवकको मृत्यु

इटहरी  / नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक युवक मृत फेला परेका छन् ।

इटहरी ८ ढोकापुलस्थित चतरा–खनार नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका भोजपुरको रामप्रसाद राई गाउँपालिका १ घर भइ इटहरी ८ मा कोठाभाडामा बस्दै आएका १८ वर्षीय अम्बिराज राई मृत भेटिएका हुन् ।

नहरमा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि सशस्त्र नेपाल सुरक्षा बेश दुहबीबाट खटिएको सशस्त्र प्रहरी र बराह बाहिनी मुख्यालय सुनसरीमा रहेको गोताखोर सहितको प्रादेशिक बिपद् व्यवस्थापन टिमले खोजी गरेको थियो ।

गोताखोर टोलीले खोजी गर्ने क्रममा बेपत्ता भएका राईलाई मृत फेला पारिएको थियो ।मृत भेटिएसँगै शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित