नमुना कलेजमा कानुन साक्षरता सम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरी ।  विद्यार्थीमा कानुनी साक्षरता ल्याउने उद्देश्य सहित इटहरी नमुना कलेजको समन्वय , उच्च सरकारी वकिल कार्यालय विराटनगर र जिल्ला सरकारी वकिल कार्यालय सुनसरीको आयोजनमा बृहत अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।

समाजमा बढ्दै गएको लैङ्गिक तथा महिला हिंसाका घटनालाई निर्मूल गर्नका निम्ति विद्यार्थीलाई सचेत गराइएको हो। सुनसरी जिल्ला सह-न्यायधिवक्ता कृष्ण रिमालले सहजीकरण गर्नु भएको कार्यक्रममा उच्च अदालत सरकारी वकिल कार्यालय विराटनगरका सह-न्यायधिवक्ता नारायण थापा, सरकारी वकिल कार्यालय सुनसरीका जिल्ला न्यायधिवक्ता टेकनाथ अधिकारी, इलाका प्रहरी कार्यालय सुनसरीका डी एस पी टेक बहादुर कार्कीले मन्तव्य राखेका थिए। कार्यक्रममा लैङ्गिक तथा महिला हिंसामा पर्दा कसरी कानुनी उपचार खोज्ने, नेपालको वर्तमान अवस्थाका बारेमा छलफल गरिएको कानुन संकायका शिक्षक कुल दीप भुजेलले जानकारी दिए।

२०५६ सालमा ४२ जना विद्यार्थीबाट शुरु भएको कलेजले हालसम्म हजारौं विद्यार्थी उत्पादन गरिसकेको छ । काेशी प्रदेशमै अब्बल यस कलेज प्रदेशकै ‘ब्राण्ड’ कलेजका रुपमा स्थापित हुँदै अघि बढिरहेको छ । ‘हाल अन्य कलेजहरुभन्दा विद्यार्थीको नतिजा, होटल म्यानेजमेण्टको लागि चाहिने भौतिक पूर्वाधार, विषय शिक्षका हिसबले कलेज अब्बल रहेकाे छ ।’ अनुभवी प्राध्यापक, उत्कृष्ट व्यवस्थापन, सम्पूर्ण शैक्षिक पूर्वाधार नै नमुना कलेजको पहिचान हो । कलेजले सञ्चालनको छोटो अवधिमै शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको कलेजले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित