विश्व सामाजिक कार्यक्रम दिवस : नमुना कलेजले तीन दिन कार्यक्रम गर्ने, पहिलो दिन रक्तदानबाट ९१ प्रिन्ट रगत सङ्कलन

इटहरी । विश्व सामाजिक कार्यक्रम दिवसको अवसर पारेर सुनसरीको इटहरीस्थित नमुना कलेजले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमबाट ९१ प्रिन्ट रगत सङ्कलन भएको कलेजले जनाएको छ । अस्पतालहरूमा रगत अभावको समस्या टार्न रक्तदान कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि इटहरी उपमहानगरकी उप प्रमुख संगीता चौधरीले अस्पतालहरूमा रगत अभावका कारण बिरामीहरू छटपटिरहेकाे बेला आयोजना गरिएको यस प्रकारको कार्यक्रमले समाजकालागि उदाहरणीय रहेको उल्लेख गरिन । नमुना कलेज गुणस्तरीय शिक्षा प्रदान सँगै सामाजिक कार्यहरूमा पनि उत्तिकै सकृिय भएर लागेको भन्दै उपमेयर चौधरीले खुलेरै प्रशंसा पनि गरिन । कार्यक्रम नमुना कलेजका प्रमुख धर्म न्याैपानेकाे अध्यक्षतामा सम्पन्न भएको थियो । 

कलेजले आयोजना गरेको रक्तदानमा विद्यार्थी , शिक्षक एवम् कर्मचारीहरूले रगत दान गरेका थिए । विश्व सामाजिक दिवस कार्यक्रम अन्तरगत कलेजले आगामी तिन दिन सम्म विभिन्न कार्यक्रमहरू गरी मनाउने भएको छ । ४ गते रक्तदान सँगै कार्यक्रमको समुद्घाटन गरिएको जनाएको छ । ५ गते सुनसरीको प्रकाशपुरमा वृहत निःशुल्क स्वास्थ्य शिविर र ६ गते इटहरी सहरको समसामयिक र वर्तमान अवस्थामा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा बहस सँगै कार्यक्रम समापन गरिने ग्रिनपिस लिङ्कन कलेजका प्रिन्सिपल मुक्तिराज सुवेदीले बताए ।

 

२०५६ सालमा ४२ जना विद्यार्थीबाट शुरु भएको कलेजले हालसम्म हजारौं विद्यार्थी उत्पादन गरिसकेको छ । काेशी प्रदेशमै अब्बल यस कलेज प्रदेशकै ‘ब्राण्ड’ कलेजका रुपमा स्थापित हुँदै अघि बढिरहेको छ । ‘हाल अन्य कलेजहरुभन्दा विद्यार्थीको नतिजा, होटल म्यानेजमेण्टको लागि चाहिने भौतिक पूर्वाधार, विषय शिक्षका हिसबले कलेज अब्बल रहेकाे छ ।’ अनुभवी प्राध्यापक, उत्कृष्ट व्यवस्थापन, सम्पूर्ण शैक्षिक पूर्वाधार नै नमुना कलेजको पहिचान हो । कलेजले सञ्चालनको छोटो अवधिमै शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको कलेजले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित