सुनसरीकाे बर्जुमा भीषण आगलागी : २७ घर संगै चाैपाया पनि जले

इटहरी । सुनसरीकाे बर्जु गाउपालिका अन्रगत वडा नं ४ काे जयनगर टाेलमा आइतबार भीषण आगलागी भएकाे छ । आगलागीबाट हाल सम्म २७ वटा घरहरू जलेर नस्ट भएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएकाे छ ।

  जयनगरस्थित मुस्लिम टोलमा आइतबार दिउँसो ३ बजेपछि स्थानीय बिष्णुदेव पौदारको घरबाट सुरु भएको आगो बस्तीमा फैलिएको थियो । आगलागीबाट बस्तीका अधिकांश घर पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ । धरान , इटहरी , इनरूवा , बिराटनगर लगायतका पालिकाहरूबाट आएकाे बारूणयन्त्रले ३ घण्टा पछि आगाे नियन्त्रणमा लिएकाे जनाएकाे छ । 

एकैठाउँमा घरहरू टाँसिएका कारण वस्तीभरी आगो फैलिएको बर्जु ४ का वडाध्यक्ष विनोदबहादुर गुरुङले जानकारी दिए । आगलागी भएका अधिकांश घर फुसका थिए ।आगलागीबाट कतिपय पशुचौपाया पनि मरेको जनाइएको छ । यस्तै आगलागीमा परेका घरमा रहेका सबै धनमाल जलेको प्रहरीले जनाएको छ । 


आगलागीमा भएको क्षतिको विवरण संकलन भइरहेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।आगलागी पीडितहरूलाई गाउँपालिकाको पहलमा टेन्टको व्यवस्थापन गर्ने कार्य भइरहेको छ भने तत्कालको लागि खाद्यान्न वितरण गर्ने वडाध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया

सम्बन्धित