वेदान्त हस्पिटलमा वरिष्ठ डा. आदर्श झाकाे सेवा , यस्ता छन थप सुविधा

इटहरी । वरिष्ठ डा. आदर्श झा इटहरी स्थित वेदान्त हस्पिटलमा आवद्ध भएका छन्। विगत १० वर्ष देखि फेमली फिजिसियनका रूपमा उपचार गर्दै गराउँदै अाएका झा वेदान्त हस्पिटलमा आवद्ध भएका हुन् ।दक्ष ,अनुभवी ,एवं तालिम प्राप्त वरिष्ठ डाक्टर आदर्श झा द्वारा सुगर,प्रेसर ,दम ,थाइराइड, युरिक एसिड,हातखुट्टा झमझमाउने , पेट पोल्ने ,पेट दुख्ने , बान्ता हुने , खान मन नलाग्ने ‌, टाउको दुख्ने ,जिउ दुख्ने , जिउ चिलाउने ,ज्वरो, ढाड दुख्ने ,पिसाब पोल्ने ,सास फेर्न गार्‍हो हुने ,खोकी शरीर दुखाइ ,स्वाद वा गन्ध हराउने , थकाइ वा मासपेशिको दुखाइ र अन्य कुनै पनि स्वास्थ्य समस्यामा अनुभवी रहेकाे अस्पतालका प्रवन्ध निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिए । उहाँ दैनिक बिहान देखि बेलुकी सम्म सेवा प्रदान गर्ने श्रेष्ठले बताए! अदर्श  झा यस  हस्पिटलका संथापक अध्यक्ष समेत रहेका छन् ।

आर्थिक बन्दीका कारण आर्थिक अवस्था कमजोर भएकालाई लक्षित गरेर    २४ घण्टै एक सय रुपैयाँमा MBBS MO  सेवा प्रदान  गरेको १ बर्ष भएको हस्पिटलका प्रबन्ध निर्देशक इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

विशेषज्ञ डाक्टरहरूद्वारा इमरजेन्सी सेवा, डिजिटल एक्सरे, भिडियो एक्सरे, फार्मेसी, ल्याब, हाडजोर्नी तथा नशा रोग विशेषज्ञबाट सिएआरएम प्रविधिमार्फत भाँचिएको हड्डीलाई सिधा गरेर, के वार वा प्लेटिङ्ग गरी अपरेसनसमेत गरिदैँ आएको उहाँले बताउनुभयो ।

अस्पतालमा पेट सम्बन्धी सर्जरी सेवाहरू एपेन्डिक्स, हाइड्रोशील, हर्नियाँ, पायल्स, सिफर, फिस्टुला, पेट रोग, स्तन रोग, मृगौला पथरी, प्रोस्टेट, पिलो, कान चुँडिएको, लिङ्गको छाला नफर्केको, नङ गाडिएको शरीरका कुनै पनि ठाउँमा गाँठा, मुसा, खिल र अन्य कुनै पनि सर्जरीलगायतको सेवा दैनिक रूपमा प्रदान गरिदैँ आएको छ  ।

प्रतिक्रिया

सम्बन्धित