पाथीभरा केबलकार चलाउ भन्दा व्यवसायीहरूले गरे विराेध

ताप्लेजुङ । ताप्लेजुङका यातायात व्यवसायीले पाथीभरा (मुक्कुमलुङ) मा निर्माण हुन लागेको केबलकार परियोजनाको विरोध गरेका छन्। स्थानीय सरोकारवालाको भावनाविपरीत केबलकार निर्माण गर्न लागिएको भन्दै यातायात व्यवसायीले परियोजनाको विरोध गरेका हुन्।

स्थानीय यातायात व्यवसायीले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पाथीभरा केबलकारको विरोध गरेका हुन्। स्थानीयको भावनाविपरीत साथै आदिवासी भूमि र धार्मिक तथा साँस्कृतिक स्थलमाथि अतिक्रमण गर्न खोजिएकोभन्दै यातायात व्यवसायीहरु केबलकार परियोजनाको विरुद्धमा उभिएका हुन्। 

“पवित्र धार्मिकस्थल पाथीभराको छुट्टै साँस्कृतिक परम्परागत मान्यता र विशेषता रहेको छ। पाथीभराको विल्कुल असंशोधित धार्मिक मान्यता र विशेषता भएकाले यसको महत्व समाप्त हुनेगरी केबलकार निर्माण गर्नुको कुनै सार्थकता हुँदैन” यातायात व्यवसायीले विज्ञप्तिमा उल्लेख गरेका छन्। ऐतिहासिक धार्मिकस्थल भएकाले यहाँका आदिवासी थाक्थुङ (लिम्बू) समुदायसँग छलफल गरेर मात्र मुन्धुमी मान्यताअनुसार पाथीभराको विकास गर्नु आवश्यक हुने पनि व्यवसायीले विज्ञप्तिमा उल्लेख गरेका छन्।

यातायात व्यवसायीले केबलकार परियोजनाको सुरुदेखि नै विरोध गर्दै आएको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्। केबलकार विरुद्धको आन्दोलनमा यातायात व्यवसायीको ऐक्यवद्धता प्रेस विज्ञप्तिमा मात्र सीमित नहुने उल्लेख गरेका छन्।  

प्रतिक्रिया

सम्बन्धित