संखुवासभाको सभापोखरीमा खुकुरी प्रहार गरी एक युवाको हत्या, एक जना पक्राउ

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका-२ तल्लो ज्यामिरे बस्ने २९ वर्षीय रविन चामङलिङ राईको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय सङचिल राई रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । आपसी विवादको क्रममा सङचिलले धारिलो हतियार खुकुरी प्रहार गर्दा रविन गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुपुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते रविनको जिल्ला अस्पताल सङ्खुवासभा हुँदै घोपा धरानमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित