झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ५ जना पक्राउ

इटहरी । झापा, मोरङ र सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका( ६ सुनसरीका ३० वर्षीय विजयकुमार राउत, बराहक्षेत्र( ४ का २१ वर्षीय गोविन्द खत्री, ७४ वर्षीय भरोसी यादव, ३९ वर्षीय गोपाल यादव र कचनकवल( ७ का २७ वर्षीय अरविन भट्टराई छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार विजयकुमार राउत १६ ग्राम ८८ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।उनलाई मोरङको विराटनगर महानगरपालिका १५ स्थित लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै शुक्रवार दिउँसो पक्राउ गरेको हो ।

त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका( ५ स्थितबाट नियन्त्रित औषधी ट्रमानिल र स्पास्मो गरी जम्मा ७०८ ट्याबलेटसहित गोविन्द खत्रीलाई प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित