संखुवासभामा मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका- ९ याङ्सिजुङ स्थित मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

शुक्रबार वानातर्फ जाँदै गरेको बा. ४० प १७९ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट जादै गरेको को. ३७ प १८४२ नंम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा को. ३७ प १८४२ नंम्बरको मोटरसाईकल सडकबाट अन्दाजी १० मिटर तल खसि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल पछाडी सवार स्थानीय ६५ बर्षीय पदम बहादुर बिश्वकर्मको घटनास्थानमै मृत्यु भएको थियो ।

दुर्घटनामा परी घाईते भएका मोटरसाईकल चालक २७ बर्षीय कमानसिं बिश्वकर्मा र अर्को मोटरसाईकल चालक धनकुटा नगरपालिका- १० का २३ बर्षीय पदम भण्डारीलाई  नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय वानाले थप अनुसन्धान भईरहेको संखुवासभा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित