म ठीक छु, अस्पताल भर्ना भएको छैन : अमिताभ बच्चन

एजेन्सी । बलिउड सुपरस्टार अमिताभ बच्चनले आफू अस्पताल भर्ना भएको खबर ‘फेक न्युज’ (गलत समाचार) भनी खण्डन गरेका छन्।शुक्रबार केही भारतीय सञ्चारमाध्यमले अमिताभ बच्चनको एन्जियोप्लास्टी गरेको दाबी गरेका थिए। यस्तो खबर आएपछि सामाजिक सञ्जाल चिन्तित फ्यानका सन्देशले भरिएका छन्। 

यसैबीच बीबीसी हिन्दीले आफ्ना सहयोगी पत्रकार मधु पालसँगको कुराकानीमा दशकौँदेखि अमिताभ बच्चनका मेकअप म्यान रहेका दीपक सावन्तले अमिताभ बिरामी भएको समाचारलाई गलत भएको दाबी गरेको उल्लेख गरेको छ।दीपक सावन्तले बच्चनको स्वास्थ्य ठीक रहेको र घरमै रहेको बताएका छन्। 

समाचार एजेन्सी पीटीआईका अनुसार शुक्रबार साँझ अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन थानेको दादोजी कोन्डादेव स्टेडियममा ‘माझी मुम्बई’ र ‘टाइगर्स अफ कोलकाता’बीच भएको इन्डियन स्ट्रिट प्रिमियर लिग (आईएसपीएल) को फाइनल खेल हेरिरहेका देखिएका छन्। अमिताभसँगै क्रिकेटर सचिन तेन्दुलकर पनि उपस्थित थिए।

आफ्नो एक्स  ह्यान्डलमा अमिताभ बच्चनले तेन्दुलकर र उनका छोरा अभिषेक बच्चनसँगका केही तस्बिर सेयर गरेका छन्।यसमा उनले तेन्दुलकरको तारिफ गर्दै लेखेका छन्, ‘महान सचिनसँग क्रिकेटको बारेमा रहेको अथाह ज्ञानबाट म अभिभूत छु।आईएसपीएल  फाइनलमा साँझको धेरै बहुमूल्य समय बिताएँ।’

प्रतिक्रिया

सम्बन्धित