‘पाइथागोरस सिद्धान्त’ प्रदर्शन, गणित प्रदर्शनी

पथरी । २६ औं अन्तर्राष्ट्रिय गणित दिवश Pi Day  को अवसर पारेर मोरङको पथरी शनिश्चरे १ मा रहेको पञ्चायत माविले एक दिने गणित प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको सहयोगमा कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरूले पहिलो पहिलो पटक गणित ‘पाइथागोरस सिद्धान्त’ लाई प्रदर्शन गरेका हुन । 

ग्रीक गणितिज्ञ एवम् दार्शनिक पाइथागोरसले पत्ता लगाएको पाइथागोरस गणितीय सिद्धान्तलाई विद्यार्थीहरू व्यावहारीकमा लागु गर्दै प्रदर्शन गरेका हुन । कार्यक्रममा नेपाल गणित समाज कोशी प्रदेशका अध्यक्ष डिबी थापा, कोषाध्यक्ष घनश्याम अधिकारी, शिक्षक टंक काफ्लेले प्रदर्शनीको निरिक्षण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी पथरी शनिश्चरे नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख शालिग्राम काफ्लेले यस्ता कृर्याकलापले विद्यार्थीको क्षमता विकासमा प्रेरणा मिल्ने बताउदै अन्य छिमेकी पालिका र विद्यालयले समेत सुरु गर्नुपर्ने उल्लेख गरे । विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा छिमेकी विद्यालयको समेत सहभागिता रहेको थियो ।

विद्यालयले अध्यायन संग संगै ब्यावहारमा लागु हुने विषयलाई प्रयोगात्मक पद्धतीबाट ज्ञान आर्जन हुने हेतुले प्रदर्शनको अवधारण अघि सारेको विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले बताए । छोटो समयमा विद्यार्थीहरू रुचि र शिक्षकहरुको सकृयता र छिमेकी विधालयको सहयोगका कारण एक हप्ताको मेहेनतमा गणिती प्रदर्शन सफल भएको उनकाे भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित