धरानकाे तीनकुने जङ्गलमा भीषण आगलागी , तीनवटा दमकल प्रयाेग गरी निभाउने प्रयास जारी

धरान । सुनसरीको धरान उपमहानगरपालिका तीनकुने स्थित चार कोसे क्षेत्रमा भीषण आगलागी भएको छ । शुक्रवार दिउसो ४ बजे देखि सो क्षेत्रको जङ्गलमा आगलागी भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

मानव बस्तीमा प्रवेश गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै धरानको तिन वटा दमकलले आगो नियन्त्रणमा लिने कोसिस जारी राखेको जनाइएको छ । 

तीनकुने आसपासको आगो नियन्त्रणमा आएपनि चारकाेशे क्षेत्रमा भने निभाउने प्रयास जारी रहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित