धरानकाे हाेटलबाट साँगुरीगढीका निमित्त प्रमुख प्रसाशकीय अधिकृत सहित ६ जना जुवा खेल्दा खेल्दै पक्राउ

इटहरी । सुनसरीको धरान उपमहानगरपालिका ४ देविथान हाेटलबाट जुवा खेलिरहेको अवस्थामा  साँगुरीगढी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ६ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । हाेटलमा जुवा खेलिरहेको भन्ने गाेप्य सूचना पाएको प्रहरीले उनीहरूलाई बिहीबार राती पक्राउ गरेकाे हो ।

 पक्राउ पर्नेहरूमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा लेखा अधिकृत हेमचन्द्र रोईला, शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत गंगबहादुर कटुवाल, सव ओभरसियर विश्वेश्वर राई र कार्यालय सहयोगी हर्कबहादुर राई रहेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।

 त्यसैगरी धरानको कार्मेल बोर्डिङ स्कुलका सञ्चालक बीरबल शेर्पा र जुवा खेलाउने होटल देवीथानका सञ्चालक लोकबहादुर थापालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।यता गाउँपालिकाले भने कर्मचारी पक्राउ बारे अनभिज्ञ रहेकाे बताएकाे छ । गाउँपालिका अध्यक्ष जीतेन्द्र रुम्दाली राईले आफू काम विशेषले काठमाडाै आएकोले यसबारे केही जानकारी नभएको बताए । 

प्रतिक्रिया

सम्बन्धित