लागू औषधसहित सुन्दरहरैचाकी सुनिता पक्राउ

सुन्दरहरैचा ।मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ३ बाट अवैध लागु औषध सहित एक युवती पक्राउ परेकि छिन । सुन्दरहरैंचा ३ गछियाकि ३० वर्षीया  सुनिता राई लाई प्रहरीले बिहीबार पक्राउ गरेकाे हाे । राईको घरमा लागू औषध बिक्री बितरण भई रहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले छापा मारी उनलाइ पक्राउ गरेकाे हाे । लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय वेलवारीले जनाएकाे छ ।  

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले निजको घर खानतलासी गर्ने क्रममा १० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ, ३.५ केजी अवैध लागू औषध गाँजा र नेपाली नगद रू ५ लाख ३८ हजार २ सय ५०, डिजिटल तराजु २ थान र विभिन्न कम्पनीको मोवाईल २ थान समेत बरामद गरेकाे छ ।

त्यसैगरी, मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ३ गछिया बस्ने २३ बर्षिय प्रज्वल सुवेदी र सोही स्थान बस्ने २० बर्षिय आशिष ठाकुरले आफ्नो पाईन्टको गोजीमा फेनारग १० थान, डाईजेपाम १० थान, एभिल १० थान र लुपिजेसिक १० थान सहित पैदल हिडि रहेको अवस्थामा पक्राउ गरेकाे छ ।

सोही मितिमा सुन्दरहरैचा नगरपालिका-५ बलिया स्थितमा सोही स्थान बस्ने २४ बर्षिय संगम आचार्यलाई प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले १० थान डाईजेल्याव, ४ थान लुपिजेसिक र २ थान एभिल सहित पक्राउ गरी मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा दिन ४ (चार) म्याद थप गरी विस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित