धरानमा मेयर साम्पाङ र ट्रयाक्टर मज्दुर बिच वार्ता सकारात्मक

प्राविधिक टाेलिसंग छलफलपछि खाेला उत्खनन् गर्न दिइने

सुनसरी । आन्दोलनको २८ घण्टा पछि ट्याक्टर व्यवसायी र धरान उपमहानगर बिच बिहीबार वार्ता सम्पन्न भएको छ । वार्तामा धरानका मेयर हर्क साम्पाङले प्राविधिकहरू सँग छलफल गरेर अध्ययन गरिने र प्राप्त रिपोर्ट पछि खोला उत्खननकालागि उचित मापदण्ड बनाएर मन्दुरहरूलाइ बालुवा निकाल्न दिइने बताएका छन् ।

मजदुर सँग मौखिक वार्ता गरेका मेयर साम्पाङले वार्ता अवधिभर लचकता अपनाए । ट्याक्टर व्यवसायीहरूले धरानको सेउती, सर्दुलगायतका खोलाबाट राजश्व तिरेर ढुङ्गा, मिक्सगिट्टीलगायत नदीजन्य पदार्थ निकासी गर्न दिनुपर्ने माग गर्दै उपमहानगर परिसरमा ट्याक्टर राखेर आन्दोलन गर्दै आएका थिए ।

मजदुरहरूले गरिखान नदिए आफ्नो सवारी जिम्मा लिएर रोजगार प्रदान गर्नुपर्न माग गर्दै बुधवार देखि १०० वटा बढी ट्याक्टर उपमहानगरको कार्यालय अगाडी राखेर प्रदर्शन गर्दै आएका थिए । बिहीबार वार्ता सकारात्मक भए पनि माग पुरा नभए सम्म आन्दोलन नरोकिने मजदुरहरूले बताए । वार्तामा ट्याक्टर व्यवसायी सङ्घर्ष समितिका सचिव नरध्वज तामाङ सहितको समूहको उपस्थित रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित