मन्त्री पद गुमेपछि सुदन किराँतीलाई हर्क साम्पाङकाे व्यङ्ग्य : अब गीत रिलिज गर्दै बस्नु

धरान । धरानमा एयरपाेर्ट बन्दैन भनेर धारणा राखेका पूर्वपर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीकाे मन्त्री पद गएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दैनिक जसाे उनलाई गिज्याउन छाडेका छैनन् ।

केहि दिन अघी सामाजिक सञ्जालमा भिडियाे मार्फत गाली गलैजमा उत्रेका मेयर साम्पाङले पुन पूर्व मन्त्री किराती माथी अर्काे व्यङ्ग्य गरेका छन । उनले किराँतीलाई अब गित रिलिज गरेर बस्नु भन्दै व्यङ्ग्य गरेका हुन ।

मेयर साम्पाङले ‘दाँत हुँदै मकै चपाइराख्नु। पदमा हुँदै हिम्मत गरेर ठूला काम गर्नु भनेर भन्दा सुनेनन्’, भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब गीत रिलिज गर्दै बस्नु। कुलको नाम राख्न सक्नु भएन। के भन्नु?’

सुदन पर्यटन मन्त्री रहदा नागरिक उड्डयन प्राधिकरणले सम्भाव्यता अध्ययन गर्दा धरान उपमहानर क्षेत्रमा विमानस्थल बनाउन नमिल्ने निष्कर्ष निकालेपछि आक्रोशित मेयर साम्पाङले किराँतीविरुद्ध सामाजिक सञ्जालमार्फत निरन्तर गालीगलौज गरिरहेका छन ।

उनले त्यसबेला पनि सुदनलाई कुलको इज्जत राख्न नसकेको भनी टिप्पणी गरेका थिए। 

प्रतिक्रिया

सम्बन्धित