एक्सपर्टको २१ औ शाखा धरानमा , उद्घाटन संगै एजुकेसन सेमिनार हुने

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसको शाखा स्थापना भएको छ । नेपालभर २६ औ शाखाको रूपमा रहेको सर्भिसको धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रबिक्रम बेघाले उद्घाटन गर्ने भएका छन् । देशभर २० औ शाखाको अपार सफलतापछि धरानमा २१ औ शाखाको रूपमा विधिवत् उद्घाटन हुन लागेको जनाएको छ । उद्घाटन सँगै बिहीबारबाट एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसले औपचारिक सेवा प्रदान गर्ने भएको हो ।

उद्घाटन सँग धरानमा एजुकेसन सेमिनार पनि गरिने एक्सपर्ट इटहरी शाखाका डाइरेक्टर भव तिम्सिनाले बताए । कार्यालय धरानकाे पुतली लाइनमा रहेको जनाइएको छ। सहज तथा सरल रुपमा नेपाली विद्यार्थीहरूलाई अस्ट्रेलिया तथा अन्य देशहरूमा उच्च शिक्षा अध्ययन गर्न पठाउने उद्देश्य अनुरूप शैक्षिक परामर्श सेवा प्रदान गर्न सो केन्द्र सञ्चालनमा ल्याइएको  तिम्सिनाले बताए । 

एक्सपर्टले मुख्यतया अस्ट्रेलियासँगै क्यानडा, युके, युएसए, न्युजिल्यान्डलगायत देशमा विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि परामर्श दिँदै आइरहेको  छ । अस्ट्रेलियामा भएका सरकारी तवरका ३८ वटा युनिभर्सिटीमध्ये २८ वटा युनिभर्सिटीमा आफ”हरुको सम्बन्धन प्राप्त भएको र एक्सपर्टले विगत २० वर्षदेखि सेवा प्रदान गरिरहेको छ । एक्सपर्टले  विगत दुई दशकदेखि विश्वका २० देशमा ६० भन्दा बढी शाखा कार्यालयबाट शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित