इटहरी उपमहानगरले माग्यो निजी विद्यालयहरुसँग शिक्षक र तलब विवरण

इटहरी / इटहरी उपमहानगरपालिकाले इटहरीका निजी विद्यालयलाई थप ब्यबस्थित गर्दै लैजाने भएको छ । निजी विद्यालयमा कार्यरत शिक्षकहरुको शैक्षिक बिबरण, नियुक्ती पत्र लगायतका कागजात ७ दिन भित्र बुझाउन पत्रचार गरिएको हो ।

उपमहानगरले निजी विद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरुको नियुक्त्ती पत्र, अध्यापन अनुमति पत्र, प्र अ नियुक्तीको पत्र र शैक्षिक योग्यताको विवरण माग गरेको हो । निजी स्कुलहरुले आफ्नो स्कुलमा कार्यरत शिक्षकहरुलाई नियुक्ती पत्र नदिएको, सरकारले तोकेको पारिश्रमिक नदिएको गुनासो बढेको भन्दै उपमहानगरले परिपत्र गरेको हो ।

शिक्षा युवा तथा खेलकुद शाखाले ७ दिन भित्र विवरण उपलब्ध गराउन पत्रचार गरेको हो ।शिक्षक/ शिक्षिकाहरुलाई अनिवार्य सरकारले तोकेको मापदण्ड अनुसार तलब दिनु पर्ने र बुझाएको बिबरण समेत माग गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख द्रोर्ण प्रसाद दाहालले बताए । प्र अको नियुक्ती पत्र देखि कर्मचारी तथा तहगत शिक्षकको पारिश्रमिक विवरण समेत माग गरिएको दाहालले जनाए ।

प्रतिक्रिया

सम्बन्धित