बुढासुब्बा गोल्डकप : आयोजक धरान बाहिरियो : उपाधी नजिक पुग्याे मोरङ

धरान । मोरङ फुटबल एशोसियसन धरानमा जारी २४ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ ।
धरान रंगशालामा आज सम्पन पहिलो सेमिफाइनल खेलमा आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पहिलो पटक मोरङ फाइनलमा प्रबेश गरेको हो !

 निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछी खेलको नतिजा टाइब्रेकरबाट निकालिएको हो ! टाइब्रेकरमा धरानका मिलन लिम्बुको प्रहार मोरङका गोलरक्षक  पूर्ण चेम्जोङले रोकेसंगै मोरङले दोस्रो पुरस्कार  सुरक्षित ग¥यो ! खेलको म्यान अफ दि म्याच पनि मोरङ का गोलरक्षक चेम्जोङ घोसित हुँदै नगद १० हजार पाए ! मोरङको तर्फबाट सिमोन लिम्बु, धिरेन क्षेत्रि, आदित्य शाक्य, सागर तिर्वा र अशोक खवाशले गोल गरेका थिए भने धरानको तर्फबाट दोर्जे तामाङ, बिजय राई, अनिल राई र सुगम जिमिले मात्र गोल गर्न सफल भए !

 खेलको पहिलो हाफको ३२ मिनेटमा फल्ड खेलेपछी डबल कार्ड खाँदै धरानका प्रबिन भुजेलले मैदान छोडेपछी धरानमाथि मोरङले थप दबाब बढाएको थियो ! भोली बिहिबारको अन्तिम सेमिफाइनल खेल एनआरटी क्लब काठमान्डौ र काकडभिटा फुटबल ट्रेनिङ सेन्टरबिच हुने आयोजकले जनाएको छ ! चैत्र ३ गतेसम्म सन्चालन हुने प्रतियोगितामा विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित