बिपन्न परिवारलाई आर्थिक सहयोगको नाममा ठगी गर्ने ३ जना पक्राउ

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका- ८ पानीट्याङकी टोलमा बसोबास गर्ने आर्थिक रुपमा बिपन्न परिवारलाई आर्थिक प्रलोभनमा पारी ठगी गर्ने १ जना महिला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मंगलवार दिउँसो सोहि स्थानमा बसोबास गर्ने मानिसहरुलाई सिन्धुपाल्चोक मेलम्ची नगरपालिका- ६ घर भई हाल काठमाण्डौ नयाँ बजार घर बताउने २३ बर्षीया सुनिता खत्रीले डब्लु बि.एस.सी कम्पनीबाट गरिब दुखी असायहरुलाई आर्थिक सहयोगको लागि आएको भनी प्रति व्यक्ति १ हजार, १५ सय र ५ सयका दरले रकम वितरण गर्दै उनीहरुको फोटो खिच्ने र नेपाली नागरिकताको फोटोकपी लिईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा गाँउमा खिचेका ब्यक्तिहरुको फोटो र नेपाली नागरिकताको फोटोहरु बंगलादेशी नागरीक पल्लाबी ढाका बस्ने ४९ बर्षीय महमद खालिद हुसेन र बङलादेश सितागंज घर भई हाल काठमाण्डौ स्थित नयाँ बजारमा बस्दै आएका गार्मेन्टको काम गर्ने ३७ बर्षीय महमद तानबिर हुसेनलाई दिने र निजहरुले उक्त नागरिकता र फोटो प्रयोग गरी गैर कानुनी रुपमा इसेवा र खल्ती जस्ता खाताहरु खोली आर्थिक अपराध अनलाईन ठगी गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएसगै खोजतालसमा खटिएका प्रहरी टोलीले ठगिमा संलग्न महमद हुसेन र महमद तानबिर हुसेनलाई सुन्दरहरैचा नगरपालिका- ४ बलियाबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका उनिहरुको साथबाट प्रयोग नभएको एनसेल कम्पनीको सिमकार्ड, राहदानी, मोबाईल, नगद र एटीएम कार्ड समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिईरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित