रंगेलीमा मेरिल्यान्ड कलेजकाे वसले ठक्कर दिदा अर्जुनकाे मृत्युु

माेरङ । माेरङकाे रंगेली ७ बसपार्कमा मंगलबार भएकाे सवारी दुर्घटनामा घाइते पुरूषकाे उपचारकाे क्रममा बुधबार विहान मृत्यु भएकाे छ ।

मंगलबार विराटनगर स्थित मेरील्यान्ड कलेजको को १ क १५२९ बसले रंगेली वसपार्कमा साईकल यात्री रङ्गेली नगरपालिका ३ रन्जनी घर भएका ७२ वर्षका अर्जुन देवलाइ ठक्कर दिएकाे थियाे ।

ठक्करबाट गम्भिर अर्जुनकाे बिराटनगरस्थित गाेल्डेन अस्पतालमा उपचारकाे क्रममा बुधबार बिहान ४ बजे मृत्यु भएकाे हाे ।

दुर्घटनापछि स्कुलकाे वस र  चालक रतुवामाई नगरपालिका ५ सिजुवा बस्ने बर्ष ४५ का सूर्यबहादुर ताजपुरियालाई रङ्गेली प्रहरीले पक्राउ गरी नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित